भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी, २ सय ३५ मतले देवी ज्ञवाली पछाडि, उपमेयरमा पार्वती शाह



नेपाल समाचारपत्र, भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २ सय ३५ मतले पछाडि पार्दै विजयी हुनुभएको हो । यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी हुनुभएको छ । यसको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्