कार्टुन्ज क्रु सिक्वेल गीतमा



कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको नयाँ गीत जता जता पिरतीको बाटो सार्वजनिक गरिएको छ। गीतको भिडियो सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीत गत वर्ष सार्वजनिक भएको पल शाह तथा सीताराम कट्टेल ‘धुर्मुसु र कुञ्जना घिमिरे ‘सुन्तलीु अभिनित तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो गीतको सिक्वेलको रुपमा आएको हो।

शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर रहेको छ। गीतमा दिनेश थपलियाको शब्द तथा चर्चित संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ। उदयराज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई चर्चित सिनेम्याटोग्राफर सञ्जय लामाले खिचेका हुन्।

पोखराका रमणीय स्थानहरुमा सुटिङ गरिएको भिडियोमा पल शाहलाई पनि फिचरिङ गरिएको छ। भिडियोमा कार्टुन्ज क्रुको मेम्बरहरुको कमेडी पाटो देखाइएको छ।

कार्टुन्ज क्रुका सरोज अधिकारीले यो भिडियो आफूहरुका लागि कमब्याक भिडियो रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्