दक्षिण एसियाकी पहिलो महिला प्रशिक्षक



कराची, (एजेन्सी)
पाकिस्तानको एक पुरुष फुटबल टोलीको प्रशिक्षकमा एक महिलालाई नियुक्ति गरिएको छ। महिला फुटबलर र मेनेजर रहिला जरमिनले कराची इलेक्ट्रिोनिक नामको टोलीलाई प्रशिक्षण गर्ने भएकी हुन्। पुरुष टोलीलाई प्रशिक्षण दिनेमा उनी दक्षिण एसियाकै पहिलो महिला प्रशिक्षकसमेत बनिन्। अक्सर पुरुष टोली मात्रै होइन महिला टोलीका समेत प्रशिक्षक पुरुष नै हुने गर्छन्। तर पाकिस्तानी फुटबलले पुरुष टोलीका लागि महिलालाई नियुक्त गरेर आश्चर्य निर्णय लिएको भनेर मिडियाले जनाएको छ।

जरमिनले यसअघि जुनियर स्तरमा प्रशिक्षण गरिसकेकी छिन्। उनी लिजर लिगकी ब्रान्ड एम्बासेडर पनि हुन्। बलुचिस्तानमा रहने रहिलाले कलेजको हकी मैदानमा फुटबल खेल्ने गरेकी थिइन्।

उनका धेरैजसो विदेशी फुटबलरहरू मनपर्ने खेलाडीमा पर्छन्। जसमा उनको सबैभन्दा मनपर्ने खेलाडी डेविड बेकहाम हुन्। उनीमाथि खेल्ने क्रममा बेकहामकै नकल गर्ने आरोप लाग्ने गथ्र्यो।

प्रतिक्रिया दिनुहोस्