बलिउडका चर्तित ५ अभिनेत्री



ममता कुलकर्णी
सन् १९७२ मा जन्मिएकी पूर्वअभिनेत्री तथा मोडल ममता कुलकर्णीले आशिक आवारा, वक्त हमारा है, क्रान्तिवीर, करन अर्जुन, सबसे बडा खिलाडीजस्ता व्यवसायिक रुपमा सफल चलचित्रका काम गरिन्।

एक सिरियलमा देवीका रुपमा प्रस्तुत भएका कारण दर्शकबाट पुजिने उनले फिल्म खेल्ने क्रममा नग्न छातीलाई हातले छोपेर तस्वीर खिचेपछि ठुलो विवादको सामना गर्नुप¥यो। सन् २००३ बाट भने उनी फिल्मी क्षेत्रमा निष्क्रृयजस्तै देखिइन्।

रिना रोय
सन् १९७२ र १९८५ को बीचमा रिना रोय बलिउडमा चलेको नाम बन्न पुगिन्। १९९८ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट हात पारेकी रोयले जरुरत, बारुद, नागिन, जानी दुश्मन, रिफुजीजस्ता फिल्ममा अभिनय गरेकी थिइन्। सन् १९५७ मा उनी जन्मिएकी हुन्।

महिमा चौधरी
बलिउड फिल्ममा अर्काे चर्चित अभिनेत्रीको नाम हो, महिमा चौधरी। सन् १९७३ मा जन्मेकी चौधरीले मोडलिङ र फिल्ममा राम्रो छाप छोड्न सफल भइन्। चौधरीले डेब्यु फिल्म परदेश बाट वेस्ट फिमेल डेब्यु अवार्ड जितेकी थिइन्।

तनुश्री दत्त
सन् १९८४ मा जन्मिएकी तनुश्री दत्त मोडल र अभिनेत्रीका साथै २००४ को मिस इन्डिया युनिभर्सको विजेता पनि हुन्। आशिक बनाया आपने, वीरभद्रा, चकलेटजस्ता फिल्ममा अभिनय गरेकी तनुश्री पनि बलिउडबाट टाढा भएकी छिन्।

अनु अग्रवाल
सन् १९६९ मा जन्मिएकी अनु अग्रवाल जम्मा ६ वर्षजति बलिउडमा सक्रिय देखिइन्। त्यस अवधिमा अनुले आशिकी, जन्म कुण्डलीजस्ता फिल्ममा अभिनय गरिन्।

प्रतिक्रिया दिनुहोस्