प्रयास निरन्तर



कमल ढकाल ।
रमाइलो भएको थियो। घोष्ट राईटिगले आयोजना गरेको सृजनात्मक तालिम प्रशिक्षणमा। केयुका प्राध्यापक र सृजनात्मक लेखन दोस्रो ब्याचका प्रशिक्षार्थी डक्टर नवराज खतिवडाले सृजना भनेको के हो ? भन्ने बारे चर्चा चलाउदा ।

एक बच्चा चित्र कोरिरहेको थियो। शिक्षकले देखे। सोधिहाले। ‘बाबु के गरिरहेको ?’ बच्चाले भन्यो ‘भगवान बनाउन लागेको।’ शिक्षक चित खाए। सोचे। आफैंले नदेखेको भगवान उसले कसरी देख्यो। फेरि सोधे ‘मैले त नदेखेको भगवान तिमीले कसरी देख्यौ ?’ बच्चाले भन्यो ‘नदेखेको भए म बनाउँदै छु एकै छिनमा देख्नुहुन्छ।’ सृजना भनेको त्यही हो जो देखिदैन र देखिन्छ पनि। यो कथा सुनेको केही दिनपछि पाटनका राजेश अवालेसंग भेट भयो। बुद्धका मुर्ति भटाभट बनाउदै गरेका उनले पनि त्यही फुच्चेले भनेजस्तो भगवान बनाइराखेका छन्।

लाग्यो उनी त भगवान बनाउने कारखानामा पो छन्। उनले बनाइरहेको बुद्ध जसलाई उनका कामदार खुट्टाले थिचेर बुट्टा भर्दैछन। त्यो केही दिनपछि सबैले पुज्ने बुद्ध बन्नेछ। मान्छे पनि भगवानकै कारखानाको एक रुप हो। त्यहि मान्छेले भगवान बनाउछ। अनि भगवानले मान्छे। जिन्दगी यसरी नै चलेको छ। राजेश पनि मेटल बुद्ध मुर्ति बनाउछन्। बेच्छन। पैसाले केही भौतिक सुख भोगका काम गर्छन् र बुद्ध बनाउने समान किन्छन्। बुद्ध, पैसा र बुद्ध। उनको जिन्दगीको राउन्ड यसरी नै बनेको छ।

केही भएन र हुन सकेन भनेर देशलाई र नेतालाई गाली गर्ने फुर्सद उनलाई छैन। खत्तम भयो बर्बाद भयो भन्ने बीच राजेश ५० वर्षदेखि बुद्धका मुर्तिहरु बनाइरहेका छन्। आफ्नो परिवारलाई सान सौकतले पालिरहेका छन्। हस्तकलाअन्तर्गत पर्ने यो बुद्धको मुर्ति बाटै उनले नाम दाम र ईनाम कमाइरहेका छन्।

एकै फिल्डमा ५ दशक कसैले लाग्छ भने उसले पनि राजेश जस्तै बन्न सक्छ। आफ्नो काम पनि नगर्ने। अरुलाई गर्न पनि नदिने बाँदर संस्कृतिसंग उनको लेनादेना केही छैन। उनी मुर्ति बनाएरै संसार डुलेका छन्। उनलाई अरु के भइरहेको छ बुझने फुर्सद पनि छैन।

गरिरहेको काममा अलिक आइडिया र मेहनत हुने बित्तिकै त्यो काम कला बन्छ। उनको बाबुले पनि माटाको भाँडा बनाइरहने पाटनमा थोरै नयाँ काम गरे। राजेशका बाबु कालु कुम्हालेले माटाको सुँगा, मयुर, परेवा, बसेको कुकुर बनाउन थाले। कालुले त्यो काम पाटनका प्रथम आर्टिस्ट चिरी काजी शाक्यसंग सिकेका थिए। थोरै भिन्न काम गरेका कारण बाबुले आर्थिक उपार्जन गरे।

सानैमा राजेशले पनि त्यस्तै काम गरेको बताउछन्। भन्दैथे ‘बुबाले ठूलो सुगा बनाए म स्यानो बनाउथे त्यसैले मेरो पकेटमा पैसा भयो।’ उनी जन्मेको पाटनको ओकुबहाल नजिकै महाबौद्ध थियो। त्यहाँ टुरिस्ट पनि आउथे। उनीहरु कहिलेकाही राजेशको घरसम्मै आइपुग्थे। उनीहरुले हौस्याउँथे। त्यसले झनै जिन्दगीमा रस भथ्र्याे।

राजेशले एसएलसी दिन पाएनन्। राम्रो पढथे। जाँच दिन दुई महिना बिदामा बसौ भन्दा उनका बुबाले यसो भनेछन्। ‘दुई महिना बिदाले तेरो जिन्दगी पास हुँदैन ,यता मुर्ति बनाउनेतिर लागिस भने जिन्दगी पास हुन्छस बाबै।’ बाबुको यो कुरा उनलाई विश्वविद्यालयका धुरन्धर गुरुभन्दा राम्रो लाग्यो। राजेशले एसएलसी दिएनन्।


कसैले खोजोस नखोजोस लुरुलुरु आफ्नो काम गरिरहेका छन्। नेपालको बुद्ध मुर्ति भनेर संसारभर चिनाइरहेका छन् । काम आफ्नो गरे पनि त्यसको बास्ना संसारभर छरिएको छ। एकाग्रता नै बुद्धत्व हो भनेर मानिन्छ । उनको एकाग्रता ५० वर्षदेखि बुद्ध मुर्तिमै छ। धेरै कुरा छन् उनका। यो आर्टिकल त एक झिल्को मात्र हो। धेरैले नदेखेको नसुनेको एक अनसंग हिरो राजेशसंग बस्दा बुद्ध मुर्तिको बारे मात्र हैन बुद्धको बास्ना आफैंले लिएर आएजस्तो लाग्यो।


मुर्ति बनाउनै लागे। ५२ वर्षपछि आज पनि उनी यो कुरा सम्झदै भन्थे। ‘साँच्चै बाबुले मलाई आर्शीवाद पो दिएका रहेछन्, एसएलसी पास गरेको भए म पढनेतिर जान्थें कहाँ पुग्थें, पुग्थें।’ भन्दैथे– ‘पास हुन यता आए, जिन्दगीमा पास भएँ।’

तेलकोटमा राखिएको ठूलो बुद्धको मुर्ति होस वा सल्लाघारी। ठुला–ठुला बुद्धको मुर्ति उनैले बनाएका हुन्। मुर्ति बनाउन पारंगत छन् राजेश। काम गरिरहेपछि कामले नै मान्छे बनाउनेरहेछ। उनले अहिलेसम्म विदेश ब्यापार गरौं भनेर कही निवेदन हालेका छैनन्। प्रपोजल लेखेका छैनन्। ग्वार्काेको एक कुनामा उनी आफ्नो काम गरिरहेका हुन्छन्। विदेशबाट कहिले को आएर यो ≈याग्रिभ ≈यान्डिक्राफ्ट हो ? राजेश हो ? हामी त्रिभुवन विमानस्थलमा छौ लिन आउनुस न भन्छन्। उनी लिन जान्छन्। वर्षाैसम्म उसैसंग काम हुन्छ।

स्विजरल्यान्ड , हङकङ, जर्मन, अमेरिका सबैतिर उनले बनाएको मुर्ति पुगेको छ। यसै गरी।
काममा सधैं सुख मात्र हुँदैन। उनले पनि पटकपटक दुःख ब्यहोरेका छन्। कहिले काम गर्दा गर्दै मूल्य आकासिन्छ। कहिले मुर्ति बनाउँदाबनाउँदै बिग्रिएर हैरानी हुन्छ। सफा सुग्घरी काम हैन। धुँवाधुलोले त्यस्तै हैरानी पार्छ। एक जमानामा ८२ जना कामदार भएको उनको कम्पनीमा अहिले २२ जना छन्। लाखौं घाटा भएको कारण एकपल्ट कामै छाडछु भन्ने पनि लागेछ उनलाई। फेरि कामलाई कामले नै सम्झायो र उनी यही काममा लागे।

छोरा राजु, छोरी अन्जु र कान्छो छोरा बिजु पनि उनलाई कति काम गर्ने बा ? कहिलेसम्म गर्ने ? भनेर सोधिरहन्छन्। नातिनातिना डक्टर, र इन्जिनियर पढने भइसके। उनी भने काममै लागिरहेछन्। भाग्यमा लेखिएको जति छ त्यति पाउने हो भनेर उनी चुप बस्नै सक्दैनन्। भाग्यमै कोशिस गरे मिल्छ भनेर लेखिएको छ कि भनेर उनी कोशिस गरिरहन्छन् ।

२ सय ५० भेराईटीका मुर्ति बनाइसके उनले। उनका छ दाजुभाइ सबै मुर्तिकै काममा लागेका छन्। सबै आ–आफनै तवरले सम्पन्न छन। दुई दिदीबहिनीको पनि राम्रै व्यवस्था छ। उनको कामको सम्मान बापत सरकारले राष्ट्यि प्रतिभा पुरस्कार, गोरखा दक्षिण बाहुलगायत थुप्रै पुरस्कार दिएको छ।

भुटानका बीसवटै जिल्लामा उनले बनाएको बुद्धका मुर्ति छन्। भुटानी राजाको फोटोसंगै आफ्नो ठुलो फोटोमुनि बसेर अन्तवार्ता दिँदै उनले भने– ‘भुटानको जुन जिल्लामा गए पनि त्यहाको प्रमुखले मलाई जुनसुकै बेला फोन गरे पनि हुन्छ कामका लागि भन्छ , आफ्नै देशमा भने आफ्नो काम गर्न बाह्र बज्छ।’ कोठाभरि मानसम्मान र पदक टाँगिएका छन्। कोठामा रहेको बडेमानको टिभी ( सायद चउत्तर ईन्च) ले सम्पन्नताको झलक दिएको थियो। सम्पन्नता र बैभवता बीच अनुशासित राजेश आफ्नो जिन्दगीदेखि खुसी देखिन्थे।

६३ वर्ष भए। काम गर्न छाडदैनन्। काम गर्दा गर्दै पुक्लुक्क मरूँ भन्ने चाहना रहेछ उनमा। ‘भविष्य आफै बन्छ, समयलाई सिस्टममा चलाउन सक्नुपर्छ।’ यो भनाइ कतै नसुने पनि उनी सुने झै काम गरिरहेका छन्। समयलाई सिस्टममा चलाउन अहिले उनी आर्ट भिलेजको कन्स्पेटमा लागिरहेका छन्। देशभरिका मुर्ति कलालाई चिनाउने गरी उनले गरेको आर्ट भिलेजको काममा कुनै दिन राष्ट्रले गर्व गर्नेछ।

कसैले खोजोस नखोजोस लुरुलुरु आफ्नो काम गरिरहेका छन्। नेपालको बुद्ध मुर्ति भनेर संसारभर चिनाइरहेका छन् । काम आफ्नो गरे पनि त्यसको बास्ना संसारभर छरिएको छ। एकाग्रता नै बुद्धत्व हो भनेर मानिन्छ। उनको एकाग्रता पचास वर्षदेखि बुद्ध मुर्तिमै छ। धेरै कुरा छन् उनका। यो आर्टिकल त एक झिल्को मात्र हो। धेरैले नदेखेको नसुनेको एक अनसंग हिरो राजेशसंग बस्दा बुद्ध मुर्तिको बारे मात्र हैन बुद्धको बास्ना आफैंले लिएर आएजस्तो लाग्यो।

 

प्रतिक्रिया दिनुहोस्