बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख मक्सुद आलम कार्यालय समयमै बेपत्ता, कर्मचारीको मनपरी, कार्यालयको हाजिर कपी लुकाईयो



सञ्जय कार्की, रौतहट ।
सरकारले ‘उज्यालो नेपाल’ अभियानलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको भएपनि नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका कर्मचारी भने आफुखुशी मनलाग्दी गरिरहेका छन ।

दैनिक हाजिर गरेर नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर शाखा कार्यालयका प्रमुखनै फिल्डको काम देखाएर बेपता हुने गरेपछि उनी मातहतका कनिष्ठ कर्मचारीहरु झनै सम्पर्क बिहिन रहेका छन । नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखा कार्यालयका प्रमुख मक्सुद आलमले फिल्डको काम भन्दै कार्यालय समयमै बेपता हुने गरेपनि उनको निगरानी भने हुन सकेको छैन । उनी कहिले क्षेत्रिय कार्यालयको बैठक त कहिले फिल्ड भन्दै कार्यालयमा हाजिर गरेर अनुपश्थित हुने गरेका छन ।

शुक्रबार उनको अनुपश्थितीको बिषयमा जानकारी लिदा क्षेत्रिय बैठकमा गएको बताए । उनी मात्र हैन सो कार्यालयका सिनियर मिटररिडर दिलिप तामाङ्ग र चालक रमेश कल्वार दुई साता देखि कार्यालयको सम्पर्कमा छैनन तर पनि कार्यालय प्रमुख मक्सुद आलमले सबै कर्मचारी कार्यालयमा हाजिर भएको दाबी गरेका छन । कार्यालय प्रमुखकै संरक्षणमा ती दुबै कर्मचारी कार्यालय संग सम्पर्क बिहीन बनेका छन । उनीहरुको अनुपश्थितीले नेपाल बिद्युत प्राधिकरण लाई क्षती समेत ब्यहोर्नु परेको छ ।

उता कार्यालयको हाजिर कपी समेत लुकाईने गरिएको छ । यस बिषयमा कार्यालयका प्रशासन फाँटका रमेश हुमागाईले भने प्रमुखको आदेशमा हाजिर कपी लुकाईएको बताए । मध्य तराईका बारा र रौतहटमा अझैपनि हुकिङ प्रयोगले विद्युत चुहावट रोकिएको छैन । चुहावट गर्ने दोषिलाई कर्मचारीकै संरक्षण रहने गरेको छ यस्को नियन्त्रणमा उनीहरुको उदासिनता रहने गरेको छ । विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौंडाका अनुसार रौतहटमा ४७ प्रतिशत विद्युत् चुहावट अझै रहेको छ ।

सरकारले उर्जा क्षेत्रमा ठु्लो धनराशी खर्चे पनि मातहत कार्यालयका कर्मचारीको कारण राज्यले बर्षेनी घाटा ब्यहोर्नु परेको छ । जिल्लाका सरकारी कार्यालयमा कर्मचारी बस्ने नबस्ने बिषयमा जिल्ला प्रशासन कार्यालय समेत मौन रहने गरेको छ । उता प्रमुख जिल्ला अधिकारी उद्धब थापाले भने बिुधत प्राधिकरणमा कर्मचारीहरु नरहेको बिषयमा कुनै जानकारी नरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्