पश्चिम क्षेत्रमा भारी वर्षा, सर्वसाधारणलाई सर्तकता अपनाउन हावापानी कार्यालयको आग्रह



प्रकाश पन्त, वीरेन्द्रनगर ।
मध्य तथा सुदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालय सुर्खेतले सुर्खेतमा पछिल्लो २४ घण्टामा यो वर्षकै ठुलो वर्षा भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा सुर्खेतमा १७० मिलिमिटर पानी परेको कार्यालयले बताएको छ ।
ल्गायतार वर्षा भइरहेकाले तथा खोला किनार आसपासका बासिन्दालाई उच्च सर्तकता अपनाउन पनि कार्यालयले सुझाव दिएको छ । गयरातीबाट परेको अविरल वर्षाले बीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र जलमग्न भएको छ ।
बस्ती डुबानमा परेपछि स्थानीय सर्वसाधारण घर छाडेर अग्लो स्थानतर्फ सरेका छन् । उपत्यकाबाट बाहिरिने इत्राम र खोर्केखोलामा पानीको बहाव क्रमिक रुपमा बढदै गएको क्षेत्रीय हावापानी कार्यालयका प्रमुख निराजन सापकोटाले बताउनु भयो ।
यस्तै सुर्खेतको छिमेकी जिल्ला बर्दियाको बबई चेपांङमा पनि भीषण वर्षा भएकोले स्थानीय बासिन्दालाई सुररित स्थानमा जानको लागि जल तथा मौसम विज्ञान विभागले मोबाइल सन्देश मार्फत आग्रह गरेको छ ।
हावापानी कार्यालयको चेपाङ्गस्थित स्टेशनका अनुसार अहिले बबई नदीमा पानीको बहाव ६ मिटर माथि पुगेको छ । चेपाङ्ग आसपासमा मात्रै २३३ मिलिमिटर वर्षा भएको कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
यता जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका ५ ऐरारीको सिर्केमा आएको भीषण बाढीले सयौ रोपनी खेतवारी कटान गरेर बगाएको स्थानीय शिक्षिक ओमजंग शाहले जानकारी दिनुभयो ।
बाढीले लगातार कटान गर्न थालेपछि घरवाट स्थानीयहरुले सामानहरु अग्लो स्थानतिर सार्न थालेको पनि उहाले बताउनु भयो ।
जाजरकोटका डिएसपी भावेष घिमिरलेले थप क्षेति हुन नदिनको लागि घटनास्थलतर्फ प्रहरी टोली पठाएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्