हरीराम दम्पतीको एक दर्दनाक कथा : न त सन्तान न ओत, छाक टार्नै मुस्किल



विनोद सिंह विष्ट, बैतडी ।

 

जन्मिसकेपछी यो संसारमा सुखसंगै हाँसीखुसी बाच्न पाउँ भन्ने रहर कसको हुदैन होला र तर सुखसंग बाच्नुको त कुरा परै जाओस एक छाक टार्न र एक रात बिताउन पनि ओत लाग्ने ओबानो छैन बैतडी दशरथचन्द नगरपालिका ८ त्रिपुरा र्यासीका ५८ बर्षिय हरीराम दमाईको दम्पती लाई ।

 

श्रीमान श्रीमती दुबै बोल्न नसक्ने अर्थात जन्मजात नै अपाङगता भएर जन्मिएका थिए । बिहे भएको केही बर्षपछी एउटा छोरा जन्मिएको थियो तर जन्मिएको १३ दिनमै मृत्यु भयो र त्यपछी कुनै पनि सन्तान जन्मिएनन् । बुढेसकालको साहारा छोराछोरी नहुदाको पिडा एकातिर खेप्नुपरेको छ भने अर्कोतिर बिहान खाएर साँझ के खाने अनि कहाँ बस्ने भन्ने चिन्ताले अर्कौतिर पिरोलिरहेको हुन्छ । छिमेकीसंग मागेर दैनिकी गुजारा गरिरहेका हरीरामको दम्पती राती राती सुत्नलाई नजिकै रहेको त्रिपुरा सुन्दरी मन्दिर जाने गरेका छन । मन्दिरमै दमाहा बजाउने र आउँने भक्तजनहरुबाट मागेर दैनिक गुजारा गरिरहेका छन ।

 

दलित समुदायका हरीरामकी ५६ बर्षिया श्रीमती भाना देवी दमाई पनि जन्मजात नै अपाङगता तथा बोल्न नसक्ने छन । जनता आवास कार्यक्रम अन्तर्गत फारम भरेको भएपनि जमिन आफ्नो नाममा नहुँदा छनौट हुन सकेन । हरीराम दम्पतीले साँझ बिहान मागेरै गुजारा गर्ने गरेको स्थानिय बासिन्दा शुशिल क्षेत्रीले बताउनुभयो । जनता आवास कार्यक्रममा फारम भरेको भएपनि हरीरामको काका नामको लालपुर्जा हुदा छनौन हुन नसकेको भन्ने सुनेका छौ उहाँले भन्नुभयो “स्थिती दर्दनाक छ, सन्तान को ठाँउमा सन्तान छैन,खान बस्न र जमिनकोे त कुरै छोडौं ।”
बर्षातको समयमा न त बस्नलाई ठाउँ छ सानो घर थियो त्यो पनि भत्किएको र जिर्ण अवस्थामा रहेको छ । बर्षातको समयमा ओत लाग्न नगरपालिकाको पहलमा स्थानिय युवाले एउटा त्रिपाल हालेर मकैबारी छेउमा सानो झुपडी बनाईदिएका छन ।

प्रतिक्रिया दिनुहोस्