भ्रम र सपना



 

देशको राजधानी कस्तो हुनुपर्छ सबैको उत्तर आउँछ। सफा, हराभरा र सुन्दर तर नेपालको राजधानीका बारेमा कुनै विदेशीले माथिका शब्द उचारण गर्यो भने त्यो सोह्रै आना गलत हुने छ।

काठमाडौं राजधानी हो कि कुनै अविकसित देशको दुर्गम गाउँ हो भन्ने भ्रम सिर्जना हुन्छ। यहाँको अवस्था हेर्दा। हिजोसम्म कर्मचारीले राजधानीलाई केही गर्न सकेनन भन्ने जनता अहिले झन् वाक्कदिक्क भएका छन्। आफैंले चुनेर पठाएको जनप्रतिनिधि आएपछि राजधानी सफा हुन्छ भन्ने भ्रममा बाँचेका राजधानीबासी अहिले जनप्रतिनिधिको गतिविधि देखेर छक्क परेका छन्।

जता हेरे पनि मन बुझाउने ठाउँ नभएपछि जनताले भन्न थालेका छन जुन जोगी आए पनि कानै चिरेका। हैन यी जनप्रतिनिधिले जनाले सोचेको काठमाडौं चाहिँ कहिले बनाउलान् भनेर धरहरा चिन्तित भएको छ।

प्रतिक्रिया दिनुहोस्