रियल स्कूल अफ नेपाल नेपालगन्ज अडिसन सम्पन्न



 

नेपाल समाचारपत्र
काठमाडौं
रियल स्कूल अफ नेपाल–२०१७ अन्तर्गत मध्यमाञ्चल ११औं क्षेत्रीय फाइनल सम्पन्न भएको छ। नेपालगन्जमा भएको फाइनलमा जय बागेश्वरी सेकेन्डरी स्कूल विजेता घोषित भएको छ।

विजयी विद्यालयका सहभागी विद्यार्थीहरू विपना उपाध्याय, दिपेश थापा, सुरज भण्डारी, करिस्मा पोखरेल, आएसा कार्की र अभिषेक खत्री रहेका छन्। विजयी विद्यालयले अन्य क्षेत्रीय प्रतिस्पर्धाका विजयी विद्यालय प्रतिस्पर्धासँग गर्नेछ।
प्रतियोगितामा सिनियर तथा जुनियर समुहका क्रियाकलापको विभिन्न विजेता पनि घोषित भएका छन्। यससँगै रियल स्कूल अफ नेपाल २०१७ को सबै क्षेत्रीय फाईनल प्रतिस्पर्धा सम्पन्न भएको आयोजकले जनाएको छ। प्रतियोगिताको फाइनल र पुरस्कार वितरण समारोह भदौ २ गते काठमाडौंमा सम्पन्न हुने बताईएको छ।

त्यस्तै दुईजना आर्थिक स्थिति कमजोर भएका प्रभावशाली विद्यार्थीलाई डावरले २५ हजार रुपियाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ। विगत दुई वर्षदेखि शुरूआत गरिएको सो छात्रवृत्ति यसपटक मुख्तार आलम सेख र रेखा धोबीलाई प्रदान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्