प्यारागन जुत्ता नेपाली बजारमा



 

नेपाल समाचारपत्र
काठमाडौं
भारतीय जुत्ता ब्रान्ड प्यारागन नेपाली बजारमा प्रवेश गरेको छ। नेपालका लागि प्यारागनको अधिकृत बिक्रेता प्रिन्सा इम्पेक्सले प्यारागन ब्रान्ड नेपाल भित्र्याएको हो।

कम्पनीले पत्रकार सम्मेलन गरेर नेपालमा बिक्री शुरू गरेको जनाएको हो। कार्यक्रममा प्यारागनका भाइस प्रेसिडेन्ट नवीन थोमसले प्यारागन भारतमा निकै लोकप्रिय रहेको र नेपाली उपभोक्ताले पनि रुचाउने दाबी गर्नुभयो। उहाँले कम्पनीले वार्षिक १४ करोड जोर जुत्ता उत्पादन गर्ने गरेको बताउनुभयो।
सन् १९७५ मा केरलामा स्थापना भएको प्यारागनले काठमाडौंमा चाँडै नै ४ वटा शोरुम स्थापना गर्ने योजना बनाएको प्रिन्साइम्पेक्स बताएको छ। कम्पनीले विस्तारै देशका प्रमुख शहर मा आउटलेट विस्तार गर्ने जनाएको छ।

तुलनात्मक रूपमा बलियो र किफायती मूल्यमा किन्न सकिने जनाइएको प्यारागनका जुत्ता स्टाइलिस र सबै उमेर समूहको चाहनालाई सम्बोधन गर्ने खालको रहेकोले माग बढेको जनाइएको छ। स्कुल जुत्ता, पार्टी जुत्ता, अफिसियल जुत्ता, इन्डस्ट्रियल लगायत फेसनेबल जुत्ता यसका उत्पादन समूह हुन्। कम्पनीले प्यारागन जुत्तामा एक वर्षको वारेन्टी दिएको छ।

प्रतिक्रिया दिनुहोस्