गैरजिम्मवारी बन्दै एन्फा



 

फिरोज राजोपाध्याय
नेपाली फुटबलमा गणेश थापाको बहिर्गमनपछि अखिल नेपाल फुटबल संघ (एन्फा) मा निवार्चन सम्पन्न भयो। योसँगै नरेन्द्र श्रेष्ठको अध्यक्षतामा एन्फाको कार्य समितिमा नयाँ अनुहारहरु देखिए। श्रेष्ठको अध्यक्षतामा एन्फाले फुटबलमा विकास गर्ने नयाँ सोच र जाँगर देखायो। हुनत यसअघिका तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली फुटबल टोलीको नतिजाले पनि नेपाली फुटबलले उभोँ लाग्ने संकेत देखाइसकेको थियो।

तर अहिले ती संकेतहरु धुमिल बन्न थालेका छन्। नेपाली टोलीको खस्केको पछिल्ला प्रदर्शनबाट यो कुराको पुष्टि हुन्छ। वास्तवमा यसको प्रमुख कारणको रुपमा अनिश्चित बनेको नेपाली घरेलु फुटबल लिग नै हो। नेपाली फुटबलको मेरुदण्डका रुपमा रहेको घरेलु लिगले विश्राम लिएको लामो समय भइसकेको छ। लिग सञ्चालन गर्न एन्फासँग अहिलेसम्म कुनै ठोस योजना पनि नरहेको जस्तो देखिन थालेको छ। लिग नहुँदा केही वर्ष यता पाएको सफलता पनि एकादेशको कथा जस्तै हुन लागेको छ।

पहिले त वैशाख १२ गते २०७२ सालको भूकम्पले एन्फालाई बहाना बनेको थियो। तर अहिले सबै कुरा यथावत हुन थालेपछि पनि एन्फाले लिग सञ्चालन गर्न सकिरहेको छैन। लिग यही सालको वैशाख १५ गते गर्ने भनेर भनिएको थियो। अहिले साउनको मध्य लागिसकेपछि पनि एन्फाले लिग सञ्चालनका लागि कुनै ठोस कदम अघि चाल्न सकिरहेको छैन। नयाँ नेतृत्वको आगमनसँगै केही परिवर्तन हुने अनुमान गरिएको यियो। तर वर्तमान घरेलु फुटबलको अस्तव्यस्ततालाई हेर्दा नयाँ नेतृत्वको सक्षमतामाथि प्रश्न चिन्ह खडा हुन थालेको छ।

तर एन्फा अध्यक्षले तीनै थरिको कुरामा रकम उपलब्ध गराइदिने भनिसकेको छ। यसमा कसैले अवरोध सिर्जना नगर्न कडा आदेश दिन पनि सकिएन। यसले एन्फा कतातिर जाने हो त्यो भविष्यले नै बताउनेछ। तर उनीहरु आज फेरि बैठक बस्दै छ। यही दिन थ्रीस्टारलाई न्याय पाउँला कि ?

यो स्थिति सिर्जना हुनुको कारण विभिन्न होला। तर योसँग प्रत्यक्ष सरोकार राख्ने निकाय एन्फाले भने जिम्मवारी बहन गर्न सकिरहेको छैन। एन्फाको एकपछि अर्को गलत कदमबाट यो प्रष्ट हुन्छ। सबैभन्दा पहिला त घरेलु लिग गर्नै पर्छ भनेर एन्फा अगाडि बढेन। यसलाई एन्फाको सबैभन्दा गैरजिम्मवारी कार्य भन्न सकिन्छ। लिग नगरिकन नेपाली फुटबलको विकास हुन्छ भनेर सोच्नु नै गलत सोच हो। हुँदाहुँदा महिला लिग पनि स्थगित गर्ने मनसायमा रहेको छ एन्फा।

नेपालको पूर्व राष्ट्रिय गोलकिपर उपेन्द्रमान सिंहले लिग फुटबलको मेरुदण्ड भएको बताए। उनले भने– ‘कुनै पनि फुटबल खेलाडी कति राम्रो छ भनेर हेर्न लिगबाहेक अर्को विकल्प हुन सकिँदैन। घरेलु लिग भनेको यति लामो समयसम्म ग्याप गर्नु भनेको फुटबलमा घाटा हुनेछ। सम्बन्धित निकायले यसमा ध्यान दिनु जरुरी छ। अझ फुटबल विकास गर्न ग्रासरुट सञ्चालन गर्न पनि जरुरी छ। अर्को रंगशाला बनाउनुपर्छ। नत्र भने नेपालको फुटबल यसरी नै चल्ने हो भने भविष्यमा नेपाली फुटबलको अस्तित्व कस्तो हुनेछ भनेर कसैले पनि कल्पना गर्न सकिँदैन।’

अनिल गुरुङ नेपालका चर्चित स्ट्राइकर हुन्। अनिल पनि घरेलु लिग नभएर खेलाडीलाई असहज महशुस भइरहेको बताउँछन्। उनले भने– ‘खेलाडीका लागि केही चाहिँदैन घरेलु लिग भए पुग्छ। कमसेकम खेल्न त पाइरहनेछ। मोफसलमा फुटबल प्रतियोगिता भए पनि त्यसले खेलाडीको क्षमतामा विकास हुँदैन। किनभने मोफसलमा मैदान राम्रो हुँदैन। खेलाडीले चोट बेहार्ने सम्भावना पनि धेरै नै हुन्छ। तर लिग नभएपछि त्यो पनि खेल्नै पर्ने हुन्छ’

उनले थपे– ‘अर्को नेपालमा खेलाडीले खेल्न नपाए भने त के गर्ने विकल्प छैन। खेलबाट केही कमाउ हुने त्यो पनि रोकिनेछ। त्यसैले पनि कयौ साथीहरु बाहिर खेल्न जाँदै छन् या कोही बाहिर नै पलायन भइरहेका पनि छन्। यसैले घरेलु लिग हुनैपर्छ।’

अर्को एन्फाको सबैभन्दा गैरजिम्मेवारी कदम भनेको थ्रीस्टारलाई अन्याय गर्नु रह्यो। एन्फा भनेको नेपाली फुटबलको अभिभावक हो। यदि एन्फाका पदाधिकारीले नै यसरी लापर्वाही निर्णय लिन्छन् भने अरुमा कसरी विश्वास गर्न सकिएला क्लबहरुले। थ्रीस्टारले गत जुलाईदेखि कुनै पनि प्रतियोगिता खेलिरहेको छैन। थ्रीस्टारलाई एएफसी कपमा सहभागि गराउन असफल भएको थियो एन्फा। एन्फाका महासचिव धीरेन्द्र प्रधान र अर्का पदाधिकारी गोकुल थापामाथि कारवाही हुनु पर्ने माग पनि उठ्यो। तर एन्फाभित्रै थ्रीस्टारको विषयमा तीन धार निस्केको छ।

गत साउन ११ गते एन्फाको बैठकले थ्रीस्टारलाई क्षतिपूर्ति दिने रकमबारे प्रस्ताव पारित गर्न तय भइसकेको थियो। तर भोलिपल्ट प्रस्ताव नै स्थगित भयो। त्यहाँ तीन धारको विचार ओइरेपछि एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि कुनै ठोस निर्णय लिन सकेन। अध्यक्ष श्रेष्ठ नै अल्मलिएपछि अरुले पनि के नै पो गर्न सक्ला त। त्यसो त थ्रीस्टारले ६ करोड रुपियाँको क्षतिपूर्ति माँग गरेको थियो। एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र थ्रीस्टारका अध्यक्ष अरुणलाल जोशीबीच १ करोड ५० लाख रकम क्षतिपूर्ति दिइने भद्र सहमति भएको थियो।

यो रकम उपलब्ध गराउनेमा एन्फा सकारात्मक भए पनि बैठकमा गल्ती गर्नेलाई कारवाही गरेमा रकम नदिनुपर्ने भन्ने एक थरि निस्किए। एक थरी त रकम उपलब्ध गराउनेमा छँदै छ तेस्रो थरि भनेको गल्ती गर्नेलाई कारवाही गरियोस् भन्ने रहेको छ। तर एन्फा अध्यक्षले तीनै थरिको कुरामा रकम उपलब्ध गराइदिने भनिसकेको छ। यसमा कसैले अवरोध सिर्जना नगर्न कडा आदेश दिन पनि सकिएन। यसले एन्फा कतातिर जाने हो त्यो भविष्यले नै बताउनेछ। तर उनीहरु आज फेरि बैठक बस्दै छ। यही दिन थ्रीस्टारलाई न्याय पाउँला कि ?

थ्रीस्टारका अध्यक्ष जोशीले पनि समयअनुसार चल्नुपर्ने आफ्नो बाध्यता रहेको बताउँछन्। उनले भने– ‘हामीले क्लब, खेलाडी र नेपाली फुटबलको मायाले गर्दा यति रकममा पनि भद्र सहमति गर्यौं। हामीले नखेलेको झण्डै एक वर्ष बितिसकेको छ। यदि सहमति कार्यान्वयन भयो भने हामी फेरि खेल्नेछौ। हामीले आफ्नो मात्रै हेरेर भएन। क्लब खेलाडीको विषयमा पनि सोच्नु आवश्यक भएको ठानेर नै यो विवाद सकेसम्म चाँडै समाप्त गर्न चाहन्छौं।’

प्रतिक्रिया दिनुहोस्