कश्मीरमा भारतीय सेनाका मेजर र एक जवान मारिए



एजेन्सी
भारत प्रशासित कश्मीरमा भारतीय सेनाका एक मेजर र एक जवान मारिएका छन्।

सेनाको गाडीमा चरमपन्थीहरुले बुधबार राति अन्धधुन्ध गोली चलाएपछि उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीको समाचार उल्लेख छ। मृत्यु हुनेमा मेजर कमलेश पांडे र जवान तान्जिन छुल्ठीम छन्।

दक्षिण कश्मीरको शोपिया भन्ने ठाउँमा पुगेको सैनिक गाडी बन्दुकधारी चरमपन्थीको घेराउमा परेको थियो। प्रहरी अधिकारीका अनुसार बुधबार राति जाएपोरा इलाकामा चरमपन्थी रहेको सूचनाका आधारमा कारबाहीका लागि सैन्य टुकडी उक्त क्षेत्रतर्फ गइरहेको थियो। हमलामा सेनाका तीन जवान घाइते भएका छन्।

घाइतेहरुलाई सेनाको ९२ बेस अस्पतालमा उपचार गरिदैंछ। त्यस्तै सेना र चरमपन्थी समूहबीच भएको दोहोरो भिडन्तमा दुई चरम्पन्थी मारिएका छन्। कश्मीरको कुलगाममा भएको भिडन्तमा दुईजना चरमपन्थी मारिएको एसएसपी श्रीधर पाटिलले बताएका छन्।

मारिनेमा हिजबुल मुजाहिद्दिन नामक आतंककारी संगठनका सदस्य रहेको र उनीहरु विभिन्न घटनामा संलग्न रहेको पाटिलले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्