रहेनन् आचार्य खेमराज केशवशरण



नेपाल समाचारपत्र,काठमाडौ ।
संस्कृतलगायत विभिन्न भाषाका ज्ञाता आचार्य खेमराज केशवशरणको निधन भएको छ । काठमाडौंको मित्रपार्कस्थित दीर्घायु गुरु हस्पिटलको सघन कक्षमा उपचार भइरहेका केशवशरणको बुधबार राति ८० वर्षको उमेरमा निधन भएको हो ।

उहाँ गत असार १२ गतेदेखि उपचाररत हुनुहुन्थ्यो । संस्कृतलगायत विभिन्न भाषाका ज्ञाता केशवशरणको मस्तिष्कमा रक्तस्राव भई उपचार भइरहको थियो ।

विभिन्न संचारमाध्यममा प्रवचन वाचन गर्नुका साथै विभिन्न ठाउँमासमेत प्रवचन दिंदै ज्ञान बाँड्ने केशवशरणको निधनले सनातन धर्म र हिन्दु संस्कृतिमा क्षति पुगेको छ ।

संस्कृतमा व्याकरणतीर्थ र साहित्याचार्य तथा अंग्र्रेजी भाषाको समेत राम्रो ज्ञान भएका आचार्य खेमराज केशवशरण १९९४ सालमा भारतको आसाममा उनको जन्म भएको थियो । उनी आध्यात्मिक विद्वान् एवं कविका रूपमा परिचित छन् ।

महेन्द्र संस्कृत विश्वविद्यालयका निवृत्त प्राध्यापक खेमराजको आध्यात्मिक प्रवचन कला उत्कृष्ट मानिन्थ्यो । संस्कृत, नेपाली, हिन्दी र अंग्रेजी भाषामा रचना गरिएका उनका कृतिहरूको संख्या ४३ वटा रहेको छ ।

स्थापनाकालदेखि नै रेडियो नेपालमा बज्दै आएको ‘ॐ हर हर हर महादेव’, ‘नेपाल जननी बन्दे’ लगायत सयौं भजनका रचियता केशवशरणलाई ‘सन्त शिरोमणि’ को समेत विशेषण दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्