स्वर्गद्धारीमा भारतीय दर्शनार्थीको घुइँचो



सलिम अन्सारी,प्यूठान ।
प्रशिद्ध धार्मीक एवँ पर्यटकिय तिर्थस्थल स्वर्गद्धारीमा भारतीय दर्शनार्थीहरु बढेका छन। मन्दिरको दर्शन गरे स्वर्ग पुगिने बिश्वासमा यहाँ बाह्रै महिना दर्शनार्थीहरुको लर्को लाग्ने गर्छ ।

भारतका बिभिन्न ठाउँबाट स्वर्गद्धारी दर्शनका लागि आउने भक्तजनहरुको सँख्या केहि दिन यता ह्वात्तै बढेको स्वर्गद्धारी आश्रोमका वासुदेव भटराइले बताए ।

साउन महिना भारतीय तीर्थयात्रीका लागि उपयुक्त सिजन हो। स्वर्गद्धारीमा फागुन देखि असार महिना सम्म नेपाली भतक्तजन र बैशाख,साउन देखि माघ महिनामा भारतीय भक्तजनहरुको भीडँ लाग्ने भटराइले जानकारी दिए।

गत बर्षभन्दा यो बर्ष भारतीय दर्शनार्थीहरुको चहलपहल बाक्लिएको छ। उनले भने यहाँ दैनिक आठ दश हजारको सँख्यामा भारतीय दर्शनार्थी आउने गरेका छन।हिन्दु धर्मावलम्वीहरुद्धारा पूजिने सम्पूर्ण देवताको पुजा गरिने भएकाले पनि स्वर्गद्धारीको बिशेष महत्वका साथ लिइन्छ।

गत बैशाख महिना देखि असार मसान्त सम्ममा आन्तरिक तथा बाह्य गरि जम्मा ४० हजार ३ सय ७७ जनाले स्वर्गद्धारी दर्शन गरेको स्वर्गद्धारी आश्रमले बताएको छ। आश्रम श्रोतका अनुसार बर्षभरीमा यहाँ २ लाख बढि भतmजनले स्वर्गद्धारी दर्शन गर्छन। सात धाम मध्य स्वर्गद्धारी एक हो।

नेपाल र भारतका हिन्दु धर्मावलम्वीहरुको आस्थाको केन्द्र भएकाले देनिक सयौ जना यहाँ आउँछन। आफुले जे माग्यो त्यहि प्राप्त हुने जनबिश्वासमा यहाँ बाह्रै महिना भतmजनहरुको भीड लाग्ने गरेको हो।

स्वर्गद्धारीमा देशका माथिल्लो ओहदामा पुगेका उच्च पदस्थ सरकारी अधिकारी देखि छिमेकी मुलुक भारतबाट पनि भक्तजन दर्शन गर्न आउने गरेको आश्रमले जनाएको छ। यहाँ गर्मीयाममा तराइबाट गर्मी छल्न सडक मार्ग हुँदै सर्वसाधारण आउने गर्छन।

बिशेष गरेर स्वर्गद्धारीमा बैशाखेपूर्णिमा, गाइतिहार, औशी, वडादशै, माघेसक्रान्ती लगाएतका पर्वहरुमा दर्शनार्थीको बढी घुइचो लाग्ने गरेको पाइन्छ ।

यहाँको पूजापाठ तथा मठमन्दिरको अवलोकन गरेमा मनको आकाक्षाँ पूरा हुने बिश्वास गरिन्छ। पर्यटकका लागि ऐतिहासिक मनोरम तलाउ,पाच पाण्डव स्वर्ग गएको बाटो, महाप्रभुले तपस्या गर्ने गुफा,बिस १९५२ साल देखि सँचालनमा आएको वेदपाठशाला,गोवद्र्धन पहाड,आश्रममा पालिएका गाइ,बिभिन्न मठ मन्दिर,आश्रमको भूभागमा रहेको ठूलो बाझको बृक्ष दर्शनार्थीका लागि मुख्य आकर्षणका रुपमा रहेका छन।

यद्धपी पर्यटकिय पूर्वाधार अभावले स्वर्गद्धारीको अपेक्षीत बिकास हुन नसकेको सरोकारवालाहरुले बताउँदै आएका छन।

स्वर्गद्धारीलाइ धार्मीक पर्यटनको हव बनाउन राज्यको ध्यान पुग्नुपर्ने सरोकारवालाहरुको धारणा छ।

प्रतिक्रिया दिनुहोस्