अन्ततः भत्किने नै भए बुटवलका ३ सय ११ घर



नेपाल समाचारपत्र, बुटबल ।
राजमार्ग छेउमा रहेका घर भत्काउनबाट रोक्न बुटवलमा आन्दोलन र दवाव भयो। कतिपय दलका प्रतिष्ठित नेता समेत यसमा मुछिए । तर अन्तीममा त्यस्ता घर भत्किने नै भएका छन् ।
बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले क्षेत्रमा रहेका त्यस्ता घरहरु भत्काउनका लागि भदौ ५ गते सम्मको अल्टीमेटम दिएको छ । समय सडक क्षेत्रभित्र पर्ने ३ सय ११ घरहरु भत्काउन आयोजनाले घरधनीलाई आग्रह गरेको छ ।

सडकक्षेत्र भित्र पर्ने बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्म ३५ सय मिटरका ३ सय ११ घर हटाउन भन्दै आयोजनाले सूचना समेत जारी गरेको छ ।

यसअघि सडकको बीचबाट ८२ फुटभित्र पर्ने दाँया र बाँया घरहरुमा निष्चित घेरा समेत लगाइसकेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्