योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले नियुक्त



नेपाल समाचारपत्र,काठमाडौ ।
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले बाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले मंगलबार मात्र राजीनामा दिएका थिए ।

बिहीबार उपाध्यक्षमा नियुक्त वाग्ले श्रेष्ठ र गोविन्दराज पोखरेल उपाध्यक्ष हुँदा आयोगको सदस्य थिए । कांग्रेसको सिफारिसमा लगातार दुई कार्यकाल सदस्य बनेका उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले योजना आयोगको उपाध्यक्षको जिम्मेवारी दिएको हो ।

मन्त्रिपरिषद् बैठकले अमेरिकाको मिलिनियन च्यालेन्ज कर्पोरेसनबाट ५१ अर्ब ३८ करोड अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ ।

यो रकम सडक यातायात र विद्युत प्रशारणामा ५ वर्षेभित्र खर्च गरिसक्नु पर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्