बलात्कारीलाई मृत्युदण्ड



 

साना, (एजेन्सी)
एक ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोग लगाइएका एक व्यक्तिलाई सोमबार सयौं व्यक्तिको उपस्थितिमा यमनको राजधानी सानामा मृत्युदण्ड दिइएको सरकारी सूत्रले जनाएको छ।

सन् २००९ यता पहिलोपटक यसरी सार्वजनिकस्थलमै मृत्युदण्ड दिइएको हो। सशस्त्र आदिवासी समूह बानी मातारबाट आक्रमण हुन सक्ने डरले मृत्युदण्डस्थलमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो।

यस मृत्युदण्डका प्रत्यक्षदर्शी तथा रोयटर्सका फोटोग्राफर खालेद अब्दुल्लाहले ती पीडित बालिका बानी मातार समूहको भएको बताएकी छिन्। ती ४१ वर्षीय मुहम्मद अल माघराबी नामक अभियुक्तलाई सानाको ताहिर चोकमा एक ४७ राइफलबाट ४ वटा गोली प्रहार गरी मृत्युदण्ड दिइएको थियो।

बिन लादेनले खडा गरेको अन्तर्राष्ट्रिय मुस्लिम लडाकू समूह अल कायदाले समेत आईएसको कारबाहीप्रति आपत्ति जनाउने गरेको छ। आईएसलाई अन्य लडाकू समूह जस्तै बोको हरामले समर्थन गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्