कोही भन्दा छैनौं कम



 

नारीको महान् चाड तीज नजिकिँदै गर्दा बजारमा तीजसम्बन्धी गीतहरु निस्किने क्रम पनि बढ्दै गएको छ। तीजकै अवसर पारेर युवा व्यवसायी शंकर आचार्यले तयार पारेको तीज गीत कोही भन्दा छैनौं कमको म्युजिक भिडियो हालै युट्युबमार्फत् रिलिज गरिएको छ। शंकर आचार्य र प्रवीण भट्टराईको संयुक्त शब्द रहेको गीतमा गायकगायिका हेमराज डाँगी र सिर्जना शर्माले स्वर भरेका छन्।

हेमराज डाँगीको संगीत रहेको गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन्। काठमाडौंको शङ्खमूलस्थित यूएन पार्कमा छायांकन गरिएको उक्त भिडियोमा म्युजिक भिडियो निर्देशक तथा मोडल अर्जुन थापा र रेस्लिङ खेलाडी अस्मिता जुरेलीको अभिनय रहेको छ भने निर्देशन र सम्पादन पनि थापाकै रहेको छ। रामकृष्ण चापागार्इंले छायांकन गरेको भिडियोमा हेमन्त लामिछानेले नृत्य निर्देशन गरेका छन् भने मुना नेपालीको शृंगार रहेको छ। भिडियोलाई म्युजिक नेपालले बजारमा ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्