स्वाइन फ्लुबाट थप दुईको मृत्यु



 

दमक, (नेस)
स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा २ महिलाको मृत्यु भएको छ। यसअघि काठमाडौंमा सो रोगबाट ३ जनाको मृत्यु भइसकेको छ।

दुई साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का २ महिलाको मृत्यु भएको हो। उनीहरूको भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा बिर्तामोड–४ की अनितादेवी मित्तल र बिर्तामोड–१ की मनिषा अग्रवाल छिन्। उनीहरूको स्वाइनफ्लु रोगको संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। योसँगै झापामा स्वाइनफ्लु रोग फैलने त्रास बढेको छ।

श्वासप्रश्वासमा सामान्य समस्या र खोकी लागेपछि अनितालाई उपचारका लागि असार २१ गते भारतको सिलगढीस्थित नवदिता नर्सिङ होममा भर्ना गरिएकोमा अचानक मृत्यु भएको हो।

 

प्रतिक्रिया दिनुहोस्