रेणु दाहाललाई फेसबुकमा गाली गरेको भन्दै देवी ज्ञवालीका छोरा पक्राउ



नेपाल समाचारपत्र, काठमाडौ ।

भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बुधबार निरभलाई पुतलीसडकबाट पक्राउ गरेको महानगरीय प्रहरी प्रमुख छविलाल जोशीले जानकारी दिनुभायो ।

जोशीका अनुसार ज्ञवालीविरुद्ध भरतपुरमै माओवादी केन्द्रबाट मेयर उम्मेदवार बनेकी रेणु दाहालले सामाजिक सञ्जालमा आफूलाई गाली गलौज गरेको भनेर उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले निरभलाई पक्राउ गरेको हो। पक्राउ परेका उनलाई अहिले महाशाखामा राखिएको छ।

अब उनलाई साइबर अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्