अनुगमनमा पुगेका प्रधानमन्त्रीको निर्देशन ‘काम छिटो सक्नु पर्यो’



नेपाल समाचारपत्र, चितवन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ-मुग्लिन सडक खण्डको स्तरोन्नति कार्य छिटो सक्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्।

बुधबार सो सडक खण्डको स्थलगत अनुगमनपछि बोल्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्। ‘यो लाइफ लाइनको बाटो हो, जनताले साह्रै दु:ख पाएका छन्,’ प्रधानमन्त्रीले भने, ‘छिटो काम सक्नुस्, के गर्नुपर्छ सरकार तयार छ।’ प्रधानमन्त्रीले नारायणगढतर्फबाट सडकको स्थलगत अनुगमन गरेका हुन्।

यस खण्डमा भित्ता काटिएका कारण सडकमा पहिरो खस्ने क्रम जारी छ। गत चैतमा पहिरो खसेर २ जनाको मृत्यु भएको उक्त सडकमा अघिल्लो महिना पनि पहिरोले बगाउँदा ३ प्रहरीको ज्यान गएको थियो। एक प्रहरी अझै बेपत्ता छन्।

२ वर्षको म्याद सकिएर थप्दा पनि नारायणगढ–मुग्लिन सडक निर्माणमा अहिलेसम्म ५२ प्रतिशतमात्रै काम भएको छ।

प्रतिक्रिया दिनुहोस्