गजल शैलीमा तीज गीत



शास्त्रीय शैलीको गजलका सुमधुर स्वर गायक थानेश्वर गौतमले पहिलोपटक गजल शैलीमा तीज गीत गाएका छन्। सालैजो, रोइला, पञ्जेबाजा शैलीका गीतमा समेत जमेका उनले फिल्मका गीतमा समेत पाश्र्व गायन गर्दै आएका छन्। तीजलाई शास्त्रीय शैलीमा भने पहिलोपटक गाएका हुन्।

आफू त तीजमा पनि गजल गाइन्छ बोलको उक्त गजलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। तीजको पूर्वसन्ध्यामा सार्वजनिक भएको गजलका शब्दहरु प्रभा बर्तौलाद्वारा रचना गरिएका हुन् भने संगीत गायक गौतमकै छ। गजलमा गायक गौतमलाई गायिकाहरू सरू गौतम तथा कविता गौतमले गायनमा साथ दिएका छन्। आशिष अविरल यो गीतका संगीत संयोजक हुन् ।

भुवन स्याङ्बोद्वारा निर्देशित उक्त गजलको म्युजिक भिडियोमा नयन डीसी तथा विनीताले आकर्षक नृत्य गरेका छन्। उत्सव दाहालद्वारा छायांकन गरिएको भिडियोका सम्पादक माधव बेल्बासे हुन्।

प्रतिक्रिया दिनुहोस्