१९ वडा



भरतपुर —१९ वडाको मतगणना प्रकरणको चर्चा अझै सेलाएको छैन। पुनः मतदान हुन अझै बाँकी रहेकोले चर्चा नहुने कुरा पनि भएन।

सो प्रकरणको मुद्दा फैसला भएपछि अहिले पक्ष र विपक्षमा कुराअरू आइरहेको धरहराले देखेको छ। विपक्षमा हुनेअरूले अब हार्न लाग्यो भने फ्याट्ट मतपत्र च्यात्यो आनन्दै हुने भो भन्ने तर्क गरेका छन् भने पक्षमा हुनेअरूले न्यायालयको आदेश सबैले पालना गर्नुपर्ने तर्क गरिरहेका छन्।

अदालतबाट आएका फैसला कसरी भइरहेका छन् भन्ने कुरामा यी पक्ष र विपक्षका मान्छेअरू गहिराइमा बुझ्ने प्रयास गरे कि गरेनन् त्यो भने धरहराले पत्तो पाएको छैन।

कुरा के भने कानुन बनाउने यी नै पक्ष र विपक्षमा लाग्नेअरू नै हुन्। उनीअरूले बनाएको कानुनको अहिले अदालतले व्याख्या गरिदिएको मात्रै हो। अनि यसमा गनगन किन त ? कानुन भरतपुर १९ का सर्बसाधारण जनताले बनाइदिएका हुन् र ?

अनि अर्को कुरा कार्यकर्तालाई न्यायाधीश बनाएर उनीअरूलाई पार्टी मुख्यालयमा बोलाएर काम राम्रोसँग गर्नुस् है भनेर निर्देशन दिने परिपाटी कसले सिर्जना गरेका हुन् ? त्यस्तो अवस्था आएपछि कानुनको अपव्याख्या हुने र न्याय कतै ढल्किने हो कि भन्ने आशंका पहिला नै परेको होइन र ?

अहिले गनगन गर्ने महानुभावअरूले त्यतिबेला चाहिं किन मुखमा माड राखेर बसेका होलान् ? धरहरावरपर सर्बसाधारणले यस्ता कुरा उठाइरहेको बेलामा यसले भने कति गनगन सुनिरहनु भनेर दूरबिन अन्यत्रै मोड्यो है पाठकबृन्द।

 

प्रतिक्रिया दिनुहोस्