वाइसियलको महासचिवमा रुकुमेली युवा शेर्पालीको दावी



धनवीर दाहाल,रुकुम ।
नेकपा माओबादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेसँगै वाइसीएल नेपालले सम्मेलन तयारीलाई तीब्र बनाएको छ ।

सम्मेलन आउँदो भदौ २ र ३ गते काठमाडौंमा आयोजना हुँदैछ । सम्मेलनका लागि केन्द्रमा नेबबहादुर कुँवर ‘विवेक’को संयोजकत्वमा प्रतिवेदन समिति र रामप्रसाद सापकोटा ‘दिपशिखा’को नेतृत्वमा मुल व्यवस्थापन समिति गठन गरिएको छ ।

यसैगरी लिला शर्मा ‘अस्मिता’को नेतृत्वमा विधान समिति, शिव फुँयालको नेतृत्वमा प्रतिनिधि तथा पर्यवेक्षक व्यावस्थापन समिति, सुबोधराज शेर्पालीको नेतृत्वमा आर्थिक समिति, सुवित ढुंगानाको नेतृत्वमा स्वयंसेवक समिति बनाइएको छ ।

नयाँ नेतृत्व चयनका लागी सहमतिको प्रयास जारी रहेको बताइएको छ । वाइसियलका पुर्व कोषाध्यक्ष एवं आर्थिक समिती प्रमुख शुबोधराज शेर्पालीले महासचिवमा दावी गरेका छन् । नेपालसमाचार पत्रसँग संक्षिप्त कुरा गर्दै रुकुमका युवा नेता शेपार्ललीले यस पटक वाइसियलको महासचिवमा आफ्नो दावी रहेको बताए । उनले आफ्नो पक्षमा सहमति हुनेमा बिश्वास व्यक्त गरे ।

उनले भने “अरु कमरेडहरु पनि हुनुहुन्छ , धेरै कमरेडहरु आकांक्षी भएकोले निबार्चनबाट जो आएपनि संगठनको हितमा हुनेछ ।” उनले सकेसम्म सहमति हुने बताए । वाइसीएलमा लामो समय काम गरेको र सबै साथीहरुको भावना अनुसार आफू संगठनको महासचिवमा दाबी गरेको शेर्पालीको भनाइ छ । उनले अरु साथीहरु पनि भएको र सहमती गरेर संगठनको नेतृत्व जाने तर सहमति नजुटे निर्बाचन प्रक्रिया बाट टुङो लगाउने बताए ।

अध्यक्षमा पुर्ब बरिस्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद चौलागाईं र पुर्ब महासचिव रामप्रसाद सापकोटा “दिपशिखा” को तयारी गरेको एक नेताले बताए । सापकोटा संगठनमा स्थापित नेता हुन त्यसकारण उनले नै अध्यक्षमा बाजि मार्ने दाबी ती नेताको छ । माओवादी केन्द्रको सहायक संगठन हुनुको हैसियतमा जबस मोर्चाको जस्तै गरी आन्तरिक चुनावी रणनीतिमा जाने कि नजाने भन्नेमा नेताहरुले निर्णय गरिसकेका छैनन् तर आन्तरिक रुपमा भने प्रतिस्पर्धाका लागि नेताहरु चुनावी दौडमा छन् ।

महासचिब पदमा ३ जना र अध्यक्ष पदमा २ जनाको प्रतिस्पर्धा रहेको वाइसीएल नेपाल केन्द्रीय कार्यालय सदस्य एक नेताले जानकारी दिए । १५१ जनाको केन्द्रीय समिती ५१ को सचिबालय र बढीमा १५ जनाको पदाधिकारी रहने छ ।

 

प्रतिक्रिया दिनुहोस्