अमेरिकामा पनि थियो मलेरिया



 

अमेरिकाको टेक्सासस्थित वायोमेडिकल अनुसन्धान केन्द्रका डा. टीम एन्डरसन मलेरियाका कारण विश्वका थुप्रै मानिसको अकालमा ज्यान जाने गरेको बताउनुहुन्छ। उहाँका अनुसार पश्चिम अफ्रिकामा ९० प्रतिशत मानिसमा मलेरिया हुन्छ। मलेरिया संक्रमण नियन्त्रण कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गर्दै आउनुभएका डा. टिम मलेरिया नियन्त्रण हुन्छ तर अफ्रिकामा फैलिएको मलेरिया प्यारासाइड रजिस्टेन्ट भएको मलेरिया छ। यो मलेरिया इतिहासमै भिन्न प्रजातिको भएको र औषधिलाई समेत पचाउन सक्ने क्षमता भएका छन्। यसको मेजर जीन पहिचानको खोजी गर्दै छौं। अनुसन्धानकै क्रममा अफ्रिकामा पाइने मलेरियामा १ सय २५ प्रकारको ओरिजन पहिचान भएको छ। यो रजिस्टेन्ट हुन धेरै धेरै समय लाग्यो, पहिचान गर्न त्यति सजिलो छैन।

विकसित मुलुकको दाँजोमा अल्पविकसित मुलुकमा मलेरियाको समस्या बढी भएको पनि डा. टिम बताउनुहुन्छ। अमेरिकाको टेक्सास राज्यमा पनि पहिला मलेरियाको धेरै समस्या थियो। सन् १९७० सम्म पुग्दा नियन्त्रणमा आएर मलेरिया नियन्त्रण घोषणा गरिएको हो। विशेष गरी युद्धका समयमा धेरै फैलियो। विस्तारै युद्धको किनारा लाग्दै गयो र टेक्सासमा विकाससँगै स्वास्थ्य सेवा पनि विकसित भयो। यसपछि मलेरिया विकसित मुलुकबाट बाहिरियो र अविकसित मुलुकमा भने कायमै छ। विकासले अमेरिकालाई मलेरिया नियन्त्रण गर्न मदत मिल्यो।

अनुसन्धानका क्रममा नेपालमा समेत बसिसक्नुभएका डा. टिम भन्नुहुन्छ– ‘नेपालमा प्लाजोनियम भाइभेक्स लिभर हुँदै संक्रमित लामखुट्टेको टोकाइका माध्यमबाट सर्छ र भाइभेक्सले टोक्यो भने मलेरिया कलेजोमा लाग्न सक्छ।’ तर लामखुट्टेले कति समयभित्र टोक्दा सर्छ या कति टाढासम्म फैलाउन सक्छ भन्नेबारेमा भने अहिलेसम्म यकिन तथ्य फेला परेको छैन। मानिसको बसाइँसराइँसँगै जहाँ पुग्यो रोगीको शरीरमा लामखुट्टेले टोक्छ र अर्को स्वस्थ व्यक्तिलाई टोकेको केही समयभित्र रगतमा फैलिन्छ र मलेरियाको संकेत देखा पर्छ। मलेरियाको ट्रासमिसन अमेरिकामा लामखुट्टे कम भएका कारण नभए पनि मानिसहरूको आवतजावतमा आयातित भने हुन सक्छ डा. टिम भन्नुहुन्छ। यति बेला डा. टिमको समूह अमेरिकामा रहेर मलेरियाको जीनको अध्ययन गर्दै गरेको बताउनुहुन्छ। उहाँको समूहले मलेरिया कसरी स्थापित हुन्छ भन्नेबारेमा अध्ययन गरिरहेको बताउनुभयो। यसका साथै मलेरिया कसरी बाँचिरहेको छ र फैलिरहेको छ भन्नेबारेमा पनि हेर्दै छौं भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्