एस स्कुलद्वारा नाटक प्रस्तुत



 

काठमाडौं, (नेस)
काठमाडौं गैरीगाउँमा अवस्थित एस स्कुलको आयोजनामा एक सांगीतिक नाटक ‘दि सेल्फिस जाइन्ट’ प्रदर्शन गरिएको छ।

कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा प्रदर्शित उक्त सांगीतिक नाटकमा एस स्कुलका विद्यार्थीको अभिनय गरेका थिए। मण्डला नाट्य समूहको निर्देशनमा तयार गरिएको उक्त नाटक ओस्कार विल्डेद्वारा लिखित विश्वप्रसिद्ध कृति ‘दि सेल्फिस जाइन्ट’ मा आधारित रहेको छ। एस स्कुलका प्रधानाध्यापक एन्जिला विष्ट गिरीले उक्त नाटकले स्वार्थी बन्न नहुने तथा कुनै पनि चिज एक–आपसमा बाड्नाले आनन्द र सुख प्राप्त हुन्छ भन्ने गतिलो सन्देश दिएको बताउनुभयो। त्यस्तै, विद्यार्थी विकास निर्देशक उधर श्रेष्ठले स्कुले सिक्नेभन्दा पनि गरेर देखाउनुपर्छ भन्ने मान्यता बोकेका कारण विगत १५ वर्षदेखि यही अभ्यास शुरू गरिरहेको बताउनुभयो।

उहाँले यस कार्यमा विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको साझा सहयोग रहेको बताउनुहुँदै किताबी ज्ञानले भन्दा व्यवहारिक ज्ञानले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न टेवा पुग्ने बताउनुभयो। उक्त नाटक हेर्न आएकी पूजा श्रेष्ठले आफूले जीवनमा पहिलोपटक यस प्रकारको नाटक हेरेको बताउँदै यस किसिमको नाटक प्रदर्शन गरेकोमा एस स्कुललाई धन्यवाद पनि दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्