नगरका १२ वडामा २ सचिव, सल्यान सर्वसाधारणलाई सास्ती



सरीता चलाउने, सल्यान ।
बन्गाड कुपिण्डे नगरपालीकामा कर्मचारी अभावले सेवाग्राही मर्कामा परेका छन । नगरपालीकाको कार्यालयमै कर्मचारी अभावले दिनप्रति दिन यहाँका नागरिकलाई असजिलो महशुस हुन थालेको छ ।

नगरपालीका कार्यालयको १ जना कार्यालय सहयोगी समेत नभएकाले वडा नं. १ को कार्यालय सहयोगीबाट काम चलाएको छ । नगरपालीकामा कर्मचारीका रुपमा १ जना कार्यकारी र २ जना स्वास्थ्यबाट समायोजनमा परेका कर्मचारी वाहेक अरु कोहि नहुदाँ दैनिक दिन आइ पर्ने काम काज समेत प्रभावित हुन थालेको छ । सामान्य सिफारिस लेखिदिने कर्मचारी समेत नगरमा नहुदाँ निक्कै समस्या भएको स्थानीयको भनाई छ । पहिलेका सवै वडाका वडा सचिवहरु सरुवा भई अन्यन्त्र गई सकेपछि यस नगरका १० वटा वडाका वडा सचिव नहुदाँ, ती वडाहरु सचिव विहिन अवस्थामा छन् ।

त्यस्तै नगरमा १२ वटा वडा रहेको छ भने वडा सचिव भने जम्मा २ जना मात्रै कार्यरत छन् । वडा कार्यालयहरुको समस्या पनि नगरको कार्यालय जस्तै छ । विवाह दर्ता, जग्गा रजिष्ट्रेशन, जन्म दर्ता र वडाहरुबाट सेवा सञ्चालन हुने सवै सेवाहरु समेत प्रभावित भएको देखिन्छ ।  वडा सचिव नहुदाँ जन प्रतिनिधीहरुलाई समेत कसरी काम गर्ने भनेर अन्योलता देखिन्छ । स्थानीय निकाय पुनरसंरचना भए पछि यहाँका नागरिकले राज्यबाट पाउनु पर्ने दैनिक सेवाबाट दुख पाउनु परेको स्थानीयको गुनासो छ । कतै वडा कार्यलयहरु टाढा भएर कतै नगरपालीकाको कार्यलय टाढा भएर समस्या भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्