५ दिनपछि यसरी भेटिए काठमाडौंको स्कुलबाट अपहरित यी बालक,खुशीले रुँदै आमाबाबु



नेपाल समाचारपत्र, कामाडौ ।
अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ ।

राजधानीकै एक स्कुलबाट अपहरणमा परेका ५ बर्षिय विशाल चौधरीलाई प्रहरीले ५ दिनपछि सकुशल उद्धार गरेपछि बालकका बाबु विजय चौधरी खुशीले रुँदै भने, ‘हामीले चिन्ताले गलेका थियौं। प्रहरी व्यापक परिचालन भयो। धन्यवाद पुलिस।’

ती बालकलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार बिहान काँडाघारीबाट उद्धार गरेको हो । महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिए ।

उहाँले उद्धारस्थलबाट टोली आइसकेपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए । प्रहरीले घटनाको अनुसन्धानका क्रममा एकजनालाई नियन्त्रणमा लिएको छ ।

यही साउन १४ गते सो विद्यालयबाट घर फर्कने समयमा ती विद्यार्थी अपहरणमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्