झनै हिंसात्मक बन्दै गोर्खाल्यान्ड आन्दोलन, भुटान सीमानिर आन्दोलनकारी र प्रहरीबीच भिडन्त



बेग्लै गोर्खाल्यान्ड राज्य माग्दै भएको आन्दोलनका क्रममा आइतबार आन्दोलनकारी र प्रहरीका बीच भुटानको सीमानजिक भिडन्त भएको छ । भिडन्तले आन्दोलन अझै चर्कीने संकेत गरेको छ ।

गोर्खा जनमुक्ति मोर्चा (गोजमो) नेतृत्वका अनुसार आन्दोलनकारीहरूलाई जयगाँवमा गएर ‘गोर्खाल्यान्डका लागि विश्वव्यापी र्याली’ का क्रममा प्रदर्शन गर्नबाट प्रहरीले रोक्ने क्रममा भिडन्त भएको थियो ।

‘हाम्रा कार्यकर्ताहरूलाई जयगाँवमा र्याली निकाल्न रोकियो । हामीहरू प्रशासनको दमनमा अब बस्दैनौं । विश्वभरिका गोर्खा हामीसँग छन्’ गोजमोका महासवित विनय तामाङले बताए ।

केन्द्र सरकारले आन्दोलनलाई मौन दर्शकका रूपमा हेरिरहेको आरोप लगाउँदै गोजमो नेतृत्वले शनिवार उसलाई १० दिनको म्याद दिँदै त्यतिखेरसम्म कुनै हस्तक्षेप नगरे तराईमा पनि आन्दोलन चर्काउने बताएको छ ।

एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्