१० वर्षीया बालिका बलात्कार गर्ने युवक प्रहरी फन्दामा



रामधन राई,खोटाङ ।
दश वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गर्ने खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निबासी सोनाम राईलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिका सुतिरहेको अवस्थामा कोठामा गएर शुक्रबार साँझ जबरजस्ती बलात्कार गर्ने सोनामलाई बलात्कृत बालिकाकी आफन्तले दिएको उजुरीको आधारमा राईलाई गएराति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले बताउनुभयो ।

बालिका चिच्याइरहेको अवस्थामा आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गर्नासाथ उनलाई घरैबाट पक्राउ गरिएको यादवको भनाइ छ । पक्राउ परेका राई विरुद्ध जबरजस्ती करणी महल अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो ।

साँझ करिब आठ बजेतिर बलात्कृत भएकी बालिकाको यौनाङ्गबाट अहिले पनि निरन्तर रगत बगीरहेको उनका आफन्तले बताएका छन् । बलात्कृत भएको समयमा उनी बेहोस अवस्थामा भेटिएपछि तत्काल अस्पताल लगेर उपचार गराईएको थियो ।

बालिकाको जिल्ला अस्पताल खोटाङमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्