इन्स्टाग्रामबाटै धमाधम पैसा कमाउँछन् सेलेब्रेटी, तेस्रो स्थानमा फुटबलर रोनाल्डो, पहिलो स्थानमा को ?



फोटो पोस्ट गर्न तथा साथीभाइहरुसँग सुचनाहरु आदानप्रदान गर्नका लागि इन्स्टाग्राम प्रयोग गरिन्छ।

भिडियो च्यानलका रुपमा समेत विकासित बनेको इन्स्टाग्राम यतीमा मात्र सिमित छैन, सेलेब्रेटीहरु र प्रसिद्ध व्याक्तिहरुको लागि पैसा कमाउन राम्रो माध्यम समेत बनेको छ।

विश्व चर्चित गायक गायिका देखि विभिन्न खेलका खेलाडीहरुले इन्स्टाग्राममा फोटो पोस्ट गरेकै भरमा टन्नै पैसा कमाउँछन्।

हुपरएजक्युले इन्स्टाग्रामबाट धेरै पैसा कमाउने इन्स्टाग्रामस् रिच लिस्ट सार्वजिनक गरेको छ। जसमा सर्वाधिक कमाउनेमा गायिका सेलेना गोमेज शीर्ष स्थानमा छिन् भने रियल मड्रिडका पोर्चुगिज पुटबल स्टार क्रिस्टियानो रोनाल्डो तेस्रोमा छन्।

रोनाल्डो शीर्ष दशमा अटाएका एक मात्र पुटबल खेलाडी हुन् भने बास्केटबलका लेब्रोन जेम्स सर्वाधिक कमाउनेको दशौँ स्थानमा छन्।

इन्स्टाग्राममा १२२ मिलियन फलोअर्स रहेका सेलेना गोमेज एउटै पोस्टको ५ लाख ५० हजार अमेरिकी डलर (करिब ६ करोड नेपाली रुपैयाँ) कमाउँन सक्छन्। दोस्रो स्थानमा किम कार्दासियन छन्। उनको फलोअर १ सय मिलियन छ र उनको कमाई ५ लाख डलर छ।

यस्तै तेस्रो स्थानमा रहेको रोनाल्डोको फलोअर १ सय ४ मिलियन ५ भने उनी एकउटा पोस्टबाट ४ लाख डलर कमाई गर्छन्।

यस्तै चौथो स्थानमा केल जेनर, पाँचौ स्थानमा केण्डल जेन,र छैटौँ स्थानमा खलोइ कार्दासियन, सातौँ स्थानमा कोर्टने कार्दासियन, आठौ स्थानमा सारा डेलेभिग्ने, नवौ स्थानमा गिगि हाडिड तथा दशौँमा जेम्स छन्।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्