एचएचसीए र इनोभेटिभलाई उपाधि



 

नेपाल समाचारपत्र
काठमाडौं
एचएचसीए र इनोभेटिभले ११औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्।
ब्वाइजको फाइनलमा डिफेन्डिङ च्याम्पियन एचएचसीएले ज्ञान निकेतनलाई ५१–४२ ले पराजित गर्दै उपाधि रक्षा गर्यो। एचएचसीएका विशाल राईले १७ अंक जोडे। गल्र्सको फाइनलमा इनोभेटिभले आयोजक श्रीदिवा इन्टरनेसनल स्कुललाई हाँडीगाउँस्थित उसैको कोर्टमा ३१–१९ ले हरायो। इनोभेटिभको जितमा प्रिया दर्शीले ११ स्कोर गरिन्।

ब्वाइजमा एचएचसीएका विशाल राई तथा गल्र्समा इनोभेटिभकी विनम्र खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए। विजेतालाई आयोजक श्रीदिवाका प्रिन्सिपल प्रवीण मोक्तानले एक कार्यक्रमबीच पुरस्कृत गरे। ८ दिने प्रतियोगताको ब्वाइजमा १५ तथा गल्र्समा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्