नयाँ शक्तिका नेताहरू फोरममा प्रवेश



 

नेपाल समाचारपत्र
वीरगन्ज
नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य रहेका मुकेश द्विवेदी संघीय समाजवादी पार्टीमा प्रवेश गरेका छन्। आइतबार बिहान संघीय समाजवादी फोरम नेपालका जिल्ला कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय परिषद् सदस्य मुकेशकुमार द्विवेदी, पर्सा जिल्ला सदस्य तथा क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव शंकर साह कानु र जिल्ला सदस्य अजयकुमार साह प्रवेश गरेका हुन्।

फोरम नेपालका केन्द्रीय सदस्य प्रद्युम्न चौहान, तराई मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगी, उपाध्यक्ष सुन्दर कुर्मीलगायत स्थानीय नेताहरूले टीकामाला लगाएर उनीहरूलाई पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका थिए। नयाँशक्ति र फोरम नेपालबीचको एकीकरण हुने वातावरण भंग भएपछि आइतबार तीनै जना फोरम नेपालमा प्रवेश गरेको जिल्ला उपाध्यक्ष सुन्दरप्रसाद कुर्मीले बताए।
मधेस आन्दोलनबाट अधिकारका लागि उठेका मागहरूलाई नयाँ शक्ति पार्टी पूरा गराउन असफल रहेको भन्दै तीनै जना नयाँशक्ति पाटी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेको बताए। ‘मधेसको मागमा पार्टी अगाडि आउने आफूहरू आशावादी रहेको तर आपेक्षाअनुसार हुन नसकेको बताउँदै फोरम नेपालमा प्रवेश गरेको केन्द्रीय परिषद् द्विवेदीको भनाइ रहेको थियो। जिल्ला उपाध्यक्ष अब्दुल रहिमको अध्यक्षतामा सम्पन्न भएको उक्त पार्टी प्रवेश कार्यक्रममा नेता सुन्दर कुर्मीले स्वागत मन्तव्य व्यक्त गरेक थिए। कार्यक्रममा प्रदेश सदस्य महराज यादव, युवानेता जसिर खान, शिवजी सोनीलगायतका स्थानीय नेताको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्