ई—ज्ञानकुञ्जको शुरूवआत



 

नेपालमा पहिलोपटक अनलाइनमार्फत विभिन्न सिपमूलक अध्ययनका लागि ई—ज्ञानकुञ्जको शुरूआत गरिएको छ। ट्रान्स न्यूरोन टेक्नोलोजी बेग्लोरको सहकार्यमा ई—ज्ञानकुञ्ज ईडीयू सिस्टम प्रालिले नेपालमा यसको शुरूआत गरेको हो।

मंगलबार आयोजित एक कार्यक्रममा ट्रान्स न्यूरोन टेक्नोलोजी बेंग्लोर संस्थापक प्रमुख कार्यकारी अधिकत शिवम् शर्मा ई—ज्ञानकुञ्ज ईडीयू सिस्टमका प्रमुख कार्यकारी अधिकृत सुवोध त्रिपाठीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरे। ई—ज्ञानकुञ्ज अनलाईनमार्फत विभिन्न कोर्षहरू पढाउने अनलाईन प्लेटफर्म हो। जसमार्फत विद्यार्थीले जुनसुकै बेला जुनसुकै स्थानबाट अध्ययन गर्नुका साथै प्राक्टिकलसमेत गर्न सक्नेछन्। यसै गरी यस प्लेटफर्ममार्फत नै विश्वविद्यालय, कलेजहरूले आफ्नो कोर्सहरू सञ्चालक गर्न सक्ने र कम्पनीहरूले आफूलाई आवश्यक दक्ष जनशक्तिसमेत खोज्न सक्नेछन्।

भारतमा विश्वविद्यालको कोर्सदेखि सिपमूलक पठाइ र आफ्नो करियर विकासका लागि आवश्यक सिप सिक्न लोकप्रिय भइरहेको अनलाईन प्लेटफर्म नेपालमा समेत आवश्यक भएकाले यसको शुरूआत गरिएको कम्पनीले जनाएको छ। ‘यो प्लेटफर्मबाट कलेज, विश्वविद्यालयका साथै कर्पोरेट हाउसका लागि समेत उपयोगी छ’ ट्रान्स न्यूरोन टेक्नोलोजी सीईओ शर्माले भने, ‘यसमार्फत विभिन्न कोर्सको अध्यापन गराउनका साथै कम्पनीहरूलाई कर्मचारीका लागि तालिम र उपयुक्त कम्पनी खोज्नसमेत छिटो र सजिलो हुन्छ।’

भारतमा यो प्लटफर्ममा ५० हजार विद्यार्थीहरूले विभिन्न कोर्षहरू पढिरहेका छन्। यसै गरी ५० भन्दा बढी कलेजका साथै आईबीएम, सिएससीलगायतका ५ सयभन्दा बढी कम्पनीले कर्मचारी छनोट गर्न र तालिम दिन यो प्लेटफर्म प्रयोग गरिरहेको शर्माले जानकारी दिए। यसै गरी टेलिकम सेन्टर सिल्क काउन्सिल अफ इन्डिया र आन्ध्र प्रदेश तथा कर्नाटक राज्य सरकारले समेत यो प्लेटफर्म प्रयोग गरिरहेको छ।

ट्रान्स न्यूरोन टेक्नोलोजीसँगको सहकार्यमा नेपालीका लागि आइटीसम्बन्धी विभिन्न कोर्ष शुरु गरिएको प्लेटफर्ममार्फत अध्ययन गर्ने नेपाली विद्यार्थीले भारतीय कम्पनीमा इन्टरसिप जागीरको अवसरसमेत प्राप्त हुने ई—ज्ञानकुञ्ज सीईओ सुवोध त्रिपाठीले बताए। कम्पनीले यसै वर्ष नेपाली विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा अन्तिम वर्षका १० जना विद्यार्थी छनोट गरी अनलाईन प्लटफर्ममार्फत अध्ययन गराइ उनीहरूलाई भारतीय कम्पनीमा इन्टरसिप⁄जागिरको अवसर दिने वा नेपालमै इनोभेटिभ विजनेस शुरु गर्न चाहेमा समेत भारतीय कम्पनीबाट लगानीको सहकार्य गर्ने अवसर दिलाउने उनले घोषणा गरे।

प्रतिक्रिया दिनुहोस्