हेटौंडामा भुईंमान्छेको चर्चा



 

मेडिकल क्षेत्रमा भइरहेका विकृति र राम्रा पक्षहरूको विषयमा कथा घुमेको निर्माता रोहिणी भट्टराईले बताए। ८० लाख रुपियाँको लगानीमा निर्माण भएको फिल्ममा समाजभित्रका लुकेका घटनालाई उजागर गरिएको उनले बताए। ‘भावी दिनमा मेडिकल क्षेत्रमा आउने विद्यार्थीलाई रिसर्चका निम्ति पनि यो विषय हुन सक्छु उनले भने।

नायिका गुरुङले भुईंमान्छे पृथक विषय वस्तुमा आधारित रहेर निर्माण भएको बताइन्। फिल्ममा अभिनेता रमेश बुढाथोकीले पोस्टमार्टम गर्ने व्यक्तिको भँमिका निर्वाह गरेका छन्। उनकै वरिपरि फिल्मको कथा घुमेको छ। फिल्ममा डेब्यु कलाकार सिपोराको मुख्य भुमिका रहेको छ भने उनको एक्सन लुकलाई फोकस गरिएको छ। पोष्टमार्टमको कथाका साथै एक नारी जो आफ्नो भव्य घरमा एक्लै बस्दै आउनुको कारण उनको जीवनमा आउने आरोह अवरोहबारे पनि प्रष्ट्याउने प्रयास गरिएको छ।

नवराज बुढाथोकीको लेखन र निर्देशनमा बनेको फिल्ममा रमेश बुढाथोकी, रोहिणी भट्टराई, बादल भट्ट, सहिन प्रजापति, नारायण न्यौपाने, सानु ताम्राकार, आर्यन न्यौपानेलगायत कलाकारको अभिनय छ। फिल्म आगामी भदौ २० गते रिलीज हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्