काजोल क्षेत्रीय फिल्ममा काम गर्न पनि तयार



 

दिलवाले दुल्हनिया ले जायेँगे, कुछ कुछ होता हे, बाजीगरजस्ता सुपर डुपर हिट फिल्म खेलेकी बलिउड नायिका काजोल सन ९० को दशकमा करीअरको सबैभन्दा सफल स्थानमा थिइन्। त्यसै बेला उनले नायक अजय देवगणसँग विवाह गरीन् र छनौटका फिल्ममा मात्र अभिनय गर्ने निर्णय गरीन्। बिबिसीको अनलाइन संस्करणमा राखिएको खबर अनुसार आफ्ना बच्चाहरूको स्याहार सुसार गर्नु परेका कारण उनको फिल्मी करीअरमा प्रभाव परेको थियो। उनले भनेकी छिन्। ‘मैले मेरो बच्चाहरूको लागि कुनै बलिदानी दिइन। मैले बच्चा जन्माएको कारण म उनीहरूको जिम्मेवारी लिन चाहन्थे। म मेरो बच्चाहरूलाई मर्ने बेला सम्म माया गरीरहनेछु। मेरो लागि मेरो परीवार र बच्चा मेरा जिन्दगी र प्राथमिकता हो, फिल्म मेरो जीन्दगीको एक हिस्सा मात्र हो।ु

समाचारअनुसार काजोल आफ्ना बच्चाहरूलाई मिडीयादेखि भने टाढा राख्न चाहन्छिन्। मिडीयाको कारण आफ्नो बच्चाहरूलाई दवाव नपरोस् भन्नको लागि उनले यसो गरेको समाचारमा चर्चा गरिएको छ।

‘मेरी छोरी नायसा अहिले १४ वर्षकी मात्र भइन्। तर मानिसहरूले उनी कहिले फिल्ममा आउँछिन् भनेर सोध्ने गर्छन्। मिडीयासँग नजिक हुँदा उनीहरूलाई अन्जानममा पनि कुनै दवाव पर्न सक्छ। आफु के बन्ने हो त्यो उनीहरूले नै निर्णय गर्ने कुरा हो। म उनीहरूले आफ्नो करीअर आफै चुनेको हेर्न चाहन्छु उनले भनेकी छिन्।

समाचारमा र्चा गरिएअनुसार एक समय क्षेत्रिय फिल्म नगर्ने फैसला गरीसकेकी काजोल अब अभिनेता धनुसको साथ तामिल फिल्ममा देखिने छिन्। ‘मैले त्यति बेला भाषाको जटिलताको कारण अन्य फिल्म नगर्ने फौसला गरेकी हुँ। तर अब मेरो सोच बदलिएको छ म अब चिनियाँ फिल्म पनि गर्न सक्छु उनले भनेकी छिन्।

 

प्रतिक्रिया दिनुहोस्