शिक्षा गुरुङ मिस टिन गण्डकी



 

पोखरा, (नेस)। बाहिर पानी दर्किँदा पोखराको सभागृह हल भने गुन्जयमान थियो। किशोरीहरू आफनो शीरमा ताज पहिर्याउन सबैलाई उछिन्ने योजनामा थिए। मिस टिन गण्डकी सिजन ३ को ताज पहिरिन विभिन्न उमेर समँहका किशोरीहरूले शनिबार सभागृह हलको स्टेजमा र्याम्प गर्दै आफनो प्रतिभा देखाए।

तर १३ जना प्रतिस्पर्धीलाई उछिन्दै शिक्षा गुरुङ ताज पहिरिन सफल भईन्। उनले ताजसँगै उपउपाधि पनि जितीन्। उनले दर्शक छनोट, फोटो जेनिक र बेष्ट हेयरको पुरस्कार समेत पाईन्। यसले पनि उनलाई ताजको हकदार बनाउन सहयोग पुर्यायो। विद्या केसीले उपविजेता बन्दै चित्त बुझाईन्। उनले पनि मष्ट व्युटिफुलको टाईटल पाईन्। सिम्रन क्षत्री सेकेण्ड रनर्सअप भईन्। आयोजकको रोजाईमा भने रजनी हमाल परिन्।

व्युटी विन बे्रन भन्ने नारासहित मिस टिन गण्डकीको तेस्रो सस्करणलाई ब्रेभ इन्टरटेनमेन्टले एकमहिनापछि ग्राण्ड फिनालेमा उतारेको थियो। जिप्सन जुम्बाले आवश्यक जुम्बा सम्बन्धी प्रशिक्षण दिएको थियो। प्रतियोगिताका विजेताहरूलाई शेर्पा बेर्बरीका प्रमुख कार्यकारी अधिकृत फुर्वा शेर्पा, विशेष अतिथि युवा व्यवसायी सिरोजविजय कोइराला, ब्रेभ इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक विजय क्षत्री, प्रालिका अध्यक्ष दिपकबहादुर गोदार, फेशन डिजनाईर एवं निर्णायक अमित बराल, मिसेज गण्डकी निलिमा हिराचन, गत वर्षकी मिस टिन गण्डकी विजेता अनुषा थापा तथा कार्यक्रम संयोजक विशाल क्षत्रीलगायतले पुरस्कार प्रदान गरेका थिए। पुष्पाञ्जली फेशन तथा इभेण्ट प्रालिले गिफ्ट ह्याम्पर प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्