बस पल्टिँदा दुईको मृत्यु



 

लक्ष्मीकुमार साह, महोत्तरी
महोत्तरीको रतौलीमा बस पल्टिँदा दुईको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–६ की ७० वर्षीया सीतादेवी झा र धनुषा जिल्ला ढल्केवर–५ का २६ वर्षीय मोहन पासवान रहेका छन्।

मृत्यु हुने झाको शनिबार साँझ ४ बजे जानकी हेल्थ केयरमा उपचारका क्रममा मृत्यु भएको हो भने पासमानको उपचारकै क्रममा न्युरो अस्पताल विराटनगरमा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले जनाएको छ।

भ्रमरपुराबाट जनकपुर आउने क्रममा शनिबार रतौलीमा ना२ख १५० नं. को बस पल्टिँदा ३१ जना घाइते भएको थियो सोही घाइतेमध्ये दुई जनाको मृत्यु भएको तथा चालक भने अझै फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्