भरतपुर १९मा पुनः मतदानको आदेश



काठमाडौं,(नेस) । सर्बोच्च अदालतले भरतपुर १९को मतदान पुनः गर्न आइतबार आदेश दिएको छ । सर्बोच्चबाट अधिवक्ता विकास भट्टराईले जानकारी दिएअनुसार सर्बोच्चले भर्खरै सो आदेश दिएको हो । लामो समयदेखि भरतपुर महानगरपालिका वडा नं १९को मतगणना सम्बन्धी विवादका बारेमा सर्बोच्चमा सुनुवाई हुँदै आएको थियो ।
सो सम्बन्धमा गत जेठ २० गते सर्बोच्चमा रिट दायर गरिएको थियो । मुद्धाको बारेमा न्यायाधीशव्दय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासबाट आदेश भएको हो ।

प्रतिक्रिया दिनुहोस्