एमालेले टुंग्यायो १३ जिल्लाका जिसस प्रमुख र उपप्रमुख उम्मेदवार



नेपाल समाचारपत्र, काठमाडौ ।

नेकपा (एमाले ) स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरमा सपन्न भएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हालै मित्रराष्ट्र चीनको तिब्बत र मानसरोबर भ्रमणका क्रममा चीनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ सरकारका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा भएका विषयवस्तुहरूको बारेमा बैठकलाई जानकारी गराउनुभयो ।

त्यसक्रममो लामो समयदेखि नेपाल र चीनका बीचमा व्यापारिक सम्बन्ध कायम रहेको सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सञ्चालन गर्न चिनियाँ सरकारको ध्यानाकर्षण पनि गराएको उहाले बताउनुभयो । त्यस सन्दर्भमा चीन सरकार सकरात्मक रहेको पनि उहाले जानकारी गराउनुभयो । त्यसैगरी नेपालको हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मका व्यापारिक नाकाहरू खुला गर्ने सन्दर्भमा समेत चिनियाँ प्रतिनिधिहरूको ध्यानाकर्षण गर्नुभयो ।

बैठकले स्थानीय तहको निर्वाचनअन्तर्गत विभिन्न जिल्लामा जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र रायसुझावको आधारमा निम्न जिल्लाहरूमा निम्नअनुसार जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुखको उम्मेदवारी निर्णय गरेको छ :

रामेछापः प्रमुख पे्रमबहादुर खड्का, उपप्रमुख दीपा पाख्रिन,

रसुवा – प्रमुख कुलप्रसाद भट्ट, उपप्रमुख छोपेमा तामाङ्नी,
मकवानपुर – प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी,
भक्तपुर – प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर,
डोल्पा – प्रमुख शेरबहादुर बुढा,
सल्यान – उपप्रमुख कुलबहादुर गिरी,
कालिकोट – प्रमुख पे्रमबहादुर शाही, उपप्रमुख सरिता आचार्य,
जाजरकोट – प्रमुख गोरे कार्की, उपप्रमुख कमलादेवी शाही,
हुम्ला – उपप्रमुख खगेन्द्र कार्की,
सुर्खेत – प्रमुख टोपबहादुर राजकोटी, उपप्रमुख दीपा मल्ल,
मुगु – प्रमुख पुर्णबहादुर रोकाय, उपप्रमुख कर्णशिला मल्ल,
खोटाङ – प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमा खत्री,
इलाम – प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली,
बझाङ – प्रमुख खड्गबहादुर खड्का, उपप्रमुख भागिरथी अवस्थी जोशी, काभ्रे जिल्लाको निम्ति सिफारिस भएका नामहरूमध्ये जिल्ला नेतृत्वसँग आवश्यक छलफल गरी पार्टी केन्द्रीय अध्यक्षसँग राय परामर्श गरी उम्मेदवारको टुंगो लगाउने जिम्मा प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको छ ।

कतिपय जिल्लाहरूमा विभिन्न पार्टीसँग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरेमा प्रदेश संगठन कमिटीको नेतृत्वसँग राय परामर्श गरी पार्टी केन्द्रसँग पूर्व स्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्नेछन् ।
थप जिल्लाको उम्मेदवारी टुंगो लगाउन तथा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल गर्न पार्टी स्थायी कमिटीको बैठक साउन १६ गते ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्