भरतपुर मुद्दाको सुनुवाई आज, आउला त आदेश ?



काठमाडौ (नेस) ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज सर्वोच्चमा बहस सकिँदैछ।
आज निवेदकका तर्फबाट संक्षिप्त जवाफ दिएपछि अन्तरिम आदेश जारी हुने वा नहुने सम्वन्धमा दुवैतर्फको बहस सकिने बताइएको छ । गत बिहीबार नै बहस सकिने अडकल गरिए पनि प्रतिवादी रेणु दाहालका तर्फबाट कानुन व्यवसायीले बहस गरेपछि सुनुवाइ आजसम्मका लागि स्थगित गरिएको थियो।

जेठ २१ गते सर्वोच्चमा दायर भएको रिटमा अन्तरिम आदेश जारी हुने वा नहुने विवाद करिव दुई महिनासम्म हुन सकेको छैन। अन्तरकालीन आदेशबाट पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णय भने रोकिएको छ।

साउन २ गतेदेखि मुद्दाको मिसिल खोलिए पनि यसअघिको अन्तरकालीन आदेशले निरन्तरता पाउने वा नपाउने निश्कर्षमा पुगेको छैन।

न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा मुद्धा हेर्दाहेर्दैमा सुनुवाइ भइरहेको छ।

संयुक्त इजलासका न्यायाधीशबीच राय नमिलेको अवस्थामा बाहेह भरतपुर प्रकरणले निकास पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्