उत्तर कोरियाको अमेरिकालाई चेतावनी



 

सोल, (एजेनसी)
उत्तर कोरियाले हालै आफूले गरेको अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र ( आईसीबीएम)को सफल परीक्षणको स्वागत गर्दै यसको प्रमुख लक्ष्य नै संयुक्त राज्य अमेरिकालाई चेतावनी दिनु रहेको जनाएको छ।

उत्तर कोरियाका नेता किम जोङ उनले यस परीक्षणले अमेरिकाको सम्पूर्ण भूभागमा अब उत्तर कोरियाको मार हान्ने पहुँचभित्र रहेको प्रमाणित गरेको बताएको उत्तरको सरकारी समाचार निकाय कोरियन सेन्ट्रल न्युज एजेन्सीले शनिबार जनाएको छ।
उत्तर कोरियाले पहिलो आईसीबीएम परीक्षण गरेको तेस्रो सातापछि अर्को क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सरकारले पुनः अनावश्यक र खतरनाक काम गरेको भनी टिप्पणी गरेका छन्।

चीनले पनि उत्तरको पछिल्लो क्षेप्यास्त्र परीक्षणको आलोचना गर्नुका साथै तनाब चर्काउनुभन्दा सम्पूर्ण सम्बन्धित पक्षले संयमित भएर समस्याको समाधान गर्नुपर्ने विचार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्