मतदाता नामावलीमा नाम दर्ता गराउने बढे



 

नेपाल समाचारपत्र
बाजुरा
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक शुरू गरेसँगै बाजुरामा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लाग्ने गरेको छ। मतदाता नामावलीमा नाम छुट भई स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकाहरूले जिल्ला निर्वाचन कार्यालय बाजुरामा आएर नाम दर्ता गराइरहेका छन््।

यसअघि मतदाता नामावलीमा नाम छुटेका मतदान गर्ने उमेर पुगेकाहरूका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ताका लागि साउन १ गतेदेखि नामावली दर्ता गर्ने काम शुरू गरेको हो। बुधबारसम्म ४ सय ४४ जना महिला र ५ सय ३० जना पुरुष गरी जम्मा ९ सय ७४ जनाले फोटोसहितको मतदाता नामावली नाम दर्ता गरेको जिल्ला निर्वाचनका मार्यालय बाजुराकी कम्प्युटर अपरेटर दुर्गा थापाले बताएकी छन्। मतदात नामावली संकलन कार्यक्रम साउन १५ गते सम्म जिल्ला निर्वाचन कार्यालयमा र श्रावण १६ गतेदेखि बाजुराका नै ओटै स्थानीय तहमा गएर फोटोसहितको मतदाता नामावली दर्ता गर्ने अपरेटर थापाले बताएकी छन्।

स्थानीय तहको निर्वाचनपछि आयोगले प्रदेश र संघको निर्वाचनको तयारी थालिरहेयको छ। त्यसैका लागि मतदाता नामावली अद्यावधिक गर्न लागेको बताएको छ। स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका मतदातालाई नाम दर्ता गर्ने अवसर दिएको हो। १८ वर्ष उमेर पुगेकाहरूले उक्त फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्