मुग्लिन–नारायणगढ गाडी नचलाइने



हेटौंडा,(नेस)
देशकायातायातव्यवसायीको हेटौंडामा केन्द्रीयकार्यालय रहेको सबभन्दा ठूलो साझा संंस्थानारायणी यातायातव्यवसायी संघले संघमा आवद्ध रहीमुग्लिन–नारायणगढ सडक भएर चल्ने गाडी नचलाउने निर्णय गरेको छ । बाटोको खराबअवस्थाकाकारण गाडीमा प्राविधिक समस्या धेरै देखिएपछि आफूहरु बाध्यभएर नचलाउने निर्णय गरेको संघ चितवनशाखाप्रमुखशंकर गिरीले बताए । आफूहरुले धेरै पटक जानकारी गराउँदापनि सुनुवाइ नभएपछि यस्तो अप्रिय निर्णय लिनुपरेको उनले प्रष्ट्याए । ‘गाडी गुड्ने सडकमा भैंसी छिर्ने खाल्डा छन्, अनि कसरी गाडी चलाउनु,’उनले भने– सडकको अवस्थाले गाडी बिग्रिएर मर्मत खर्च निकै बढेपछि गाडी बन्दगर्नुपरेको उनले जनाए ।

उक्त बाटो भएर चल्ने सबै प्रकारका गाडीको पछाडिपट्टिको भागकुच्चिने, गाडीको हुलिया नै चिन्ननसकिने हुनेजस्ता समस्याले व्यवसायीआजितभएको उनको गुनासो छ ।  उक्त रुटमा संघआवद्ध माइक्रो, ठूला बस, ट्रक, ट्यांकर, मिनी बस र सुमो आदि गरी कम्तिमा दैनिक ५ सय गाडी सञ्चालनमा छन् । मुग्लिन सडकखण्ड स्तरोन्नतिकाममा ढिलाइ भएपछि व्यवसायीचिन्तितबनेकाहुन् । व्यवसायचौपट हुनलागेपछि संघका पदाधिकारीले मुग्लिन सडकको स्थलगतनिरीक्षण गरेका छन् । निरीक्षणका क्रममा सडक स्तरोन्नतिकाममा सम्बन्धितनिकायउदासिन रहेकाले ढिलाइ भएको संघले जनाएको छ ।

निरीक्षणका क्रममा ठाउँठाउँमा पहिरोको जोखिम रहेको, जामखुल्न घण्टौं कुर्नुपर्ने हुँदा सवारी सञ्चालनमा समस्याभएको संघ महासचिव सरोज खनालले बताए । ‘सडक निर्माणमा सरकारी संयन्त्रउदासिनबनेको देखियो,’उनले भने–सडक अवरुद्ध हुँदा सडकबाट दैनिकयात्रु, खाद्यान्न र निर्माण सामान ढुवानी गर्न समस्या छ । उनले बाटोको अवस्थाकाकारण व्यवसायीको खर्च निकै बढेको बताए । ठूला सवारीले उक्तमार्गमाजामहुनथालेको छ । ट्रक र यात्रुबाहकबसले गर्दा साना सवारीमायात्रागर्नेले सास्ती खेप्नुपर्ने बाध्यता छ । घुम्ती धेरै भएकाले लामातथालोड बढी भएका सवारीलाई उक्त खण्ड उपयुक्तनहुने र एकतर्फी गर्न सकिए राहतमिल्ने होटल व्यवसायीको सुझाव छ ।

चितवनमापर्यटकको चहलपहल बढाउन हेटौंडाहुँदै जाने बाटोलाई उत्तमबिकल्पमानिएको छ । त्यहाँकाब्यवसायीको टोलीले नौबीसे–दामन–हेटौंडाहुँदै भरतपुरसम्म सडकको अवस्थाबारे निरीक्षण गरी यस्तो निष्कर्ष निकालेको हो । उनीहरुले वैकल्पिकमार्ग खोजी गरी आगमन सहजबनाउने प्रयास गरेका छन् । निरीक्षणका क्रममानौबीसे–हेटौंडा सडक उपयुक्त ठहरिएको उनीहरुले जनाएका छन् । उक्त सडकमा एकतर्फीमात्रयातायात सुचारु गर्ने व्यवस्थामिलाउन सम्बन्धितनिकायलाई उनीहरुले आग्रह गरेका छन् । हालअधिकांशपर्यटन व्यवसायीले यहीमार्ग प्रयोग गर्दै आएका छन् । मुग्लिन सडकखण्ड स्तरोन्नतिकाममा ढिलाइ भएपछि विशेषतः सौराहामापर्यटन व्यवसाय धरासयीबनेको छ । छिमेकीचितवनको प्रसिद्ध पर्यटकीय गन्तब्य सौराहाकाव्यवसायी वैकल्पिकमार्गको खोजीमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्