विद्यालयमा ‘बोतल गार्डेन’



हेटौंडा,(नेस) । उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित एउटा संस्थागत विद्यालयको गेटभित्र छिर्नासाथ कोक तथा स्प्राइटका जम्बो बोतलहरु झुण्ड्याइका देखिन्छ । भुइ“भरि पानीका बोतलहरु लडाइएका छन् ।

पानीका बोतलहरुमा रायो साग र धनिया“ हुर्किरहेका छन् । जम्बो बोतलहरुमा प्याजका बोटहरु पनि देखिन्छन् । झट्ट हेर्दा कुनै बगैंचाको दृष्यजस्ता देखिन्छन् । तर, त्यो पालुङ भ्याली हार्ट एकेडेमीको बगैंचा हो ।

बगैंचामा विभिन्न प्रकारका फूलका साथै भान्छामा प्रयोगमा आउने सागपात हुर्काएका छन् । विद्यालयले जग्गा अभावमा त्यसरी बोतलमा फूल तथा साग रोपेको भने होइन, विद्यार्थीले घरघरबाट निस्कने बोतल सडक तथा नालीमा नफ्याकुन भन्ने उद्धेश्यले त्यसरी ‘बोतल गार्डेन’ बनाइएको संस्थापक प्रधानाध्यापक सुरेन्द्रमान प्रधानले बताए ।

उनले भने–विद्यार्थीले मार्कसिटमा पाउने अंकमात्र उनको उपलब्धि होइन, उसले के सिक्यो भन्ने कुरा महत्वपूर्ण हो । त्यसैले विद्यार्थीहरुले सरसफाइमा ध्यान दिऊन् भन्नका लागि यो यसरी ‘बोतल गार्डेन’ बनाएका हौं ।

विद्यालयले बोतलमात्र होइन, गाडीका पुराना टायरको पनि सदुपयोग गरेको छ । टायरमा ठूला प्रजातिका बिरुवा रोपिएका छन् । विद्यालयका प्रिन्सिपल कतै जा“दा बाटोमा बोतल भेटिए टिपेर गाडीमा राख्छन् । ‘बोतल गार्डेन’ व्यवस्थित गर्न विद्या बिकलाई माली नियुक्त गरिएको छ । प्रिन्सिपल प्रधान भन्छन्–हामीले विद्यालयका सबै बाहिरी भित्तामा यसैगरी बोतलले सजाउने अभियान गरिरहेका छौं ताकि यहा“ आउने विद्यार्थी तथा अभिभावकले पनि यसको अनुसरण गरुन् । र, नगरलाई फोहरमुक्त बनाउन टेवा पुगोेस् ।

विद्यालयभर बोतल झुण्ड्याउन करिब ५ हजार वटा जम्बो बोतल लाग्ने उनले बताए । थाहा नगरको सबभन्दा ठूलो समस्या सरसफाइ हो, नगरले हालसम्म फोहर व्यवस्थापनका लागि स्थान छनौट गर्न सकेको छैन । यो अवस्थामा विद्यालयले गत वर्षदेखि सुरु गरेको अभियानले केही टेवा पु¥याएको छ । प्रिन्सिपल प्रधानले थाहा नगरका धेरै कर्मचारीलाई गार्डेन देखाइसकेका छन् । ‘यो अभियान देखेर सबैले खुशी व्यक्त गरेका छन्,’ उनले भने–सबै विद्यालयले यस्तो अभियान सञ्चालन गर्ने हो भने नगर आफैं सफा हुन्छ । बोतल गार्डेन देखेर जिल्ला शिक्षा कार्यालय मकवानपुरका अधिकारीहरु समेत खुशी भएको प्रधानले सुनाए ।

कक्षा १० सम्म सञ्चालित विद्यालयमा करिब ५ सय विद्यार्थी छन् । विद्यालय ८ वर्षअघि सुरु गरिएको हो । विद्यालयले बोतल तथा खेर जाने कागजलाई सदुपयोग गर्दै शैक्षिक सामग्रीसमेत बनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्