जिल्लाप्रहरी कार्यालयमा अमर प्रहरी स्तम्भ



हेटौंडा, (नेस) । हेटौंडामा रहेको जिल्लाप्रहरी कार्यालय मकवानपुरपरिसरमानिर्माण गरिएको  अमर प्रहरी स्तम्भ स्मारक उद्घाटन गरिएको छ । मध्यक्षेत्रीयप्रहरी प्रमुख डीआईजी गणेश केसीले बुधबार स्मारक उद्घाटन गरेकाहुन् । सशस्त्रद्वन्द्वकालसहित घटनामा अमरत्वप्राप्तगरेकामकवानपुरकाप्रहरीको सम्मानमा स्मारक बनाइएको हो । करिब ४ फिट उचाईंको स्मारकमाजिल्लाप्रहरी कार्यालयबाट खटिएर कर्तव्यपालनकासिलसिलामाज्यानगुमाएका १० अमर प्रहरीको नाम र शहादतप्राप्तमितिउल्लेख गरिएको मकवानपुरकाप्रहरी नायवउपरीक्षकवामदेव गौतमले बताए ।

प्रहरीकै स्रोतमा स्मारक निर्माण गरिएको हो । उक्त स्मारकसहितनवनिर्मित ५ कोठे भवनको मध्यक्षेत्र प्रहरी प्रमुख डीआईजी केसीले  उद्घाटन गरेकाहुन् । क्युआरटी, प्रकोपका बेलाआवश्यक सामग्री सञ्चयकक्ष, परामर्श केन्द्र, बालमैत्रीकक्ष र चमेना गृहसहितकरिब ३४ लाख ६१ हजार लागतमातीभौतिक संरचनानिर्माण गरिएको जिल्लाप्रहरी कार्यालय मकवानपुर प्रमुखउपरीक्षकवसन्तकुमार लामाले बताए । संरचनाहरु उद्घाटन गर्दै डीआईजी केसीले नागरिकले प्रहरीलाई सहयोग गरे सुव्यवस्थाबलियो हुने बताए ।

उनले नागरिकको सहकार्यबिनाप्रहरी अघि बढ्न नसक्ने बताए । उनले प्रहरी सेवाजनमैत्री हुनुपर्छ भन्ने मान्यतालाई मकवानपुर प्रहरीले व्यवहारमाउतारेको भन्दै प्रशंसा गरे ।  स्थानीय सामाजिकअगुवा र संघसंस्थाको सहयोगमा स्मारक निर्माण भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगर मेयर हरिबहादुर महत, उपमेयर मीनालामा, नारायणी यातायातब्यवसायी संघका अध्यक्षबद्रीचौलागार्इं, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपाने र पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईंलगायतले मन्तब्यब्यक्त गरेकाथिए ।

प्रतिक्रिया दिनुहोस्