आफ्ना र अर्काका



 

स्थानीय चुनावअघि धरहराले जनअपेक्षा थुप्रै सुन्दै आएको हो। तर, शुक्रबार यसले आफ्नो दूरबिन घुमाउँदा दुई युवा विरक्त मान्दै हिँडेको देखियो। उनीहरु बेकारमा अपेक्षा गरिएछ भन्दै थिए।

शुक्रबार दुई युवाले आफ्ना प्रतिनिधिले कर्तव्यभित्र पर्ने काम पनि नगरिदिएपछि विरक्त मान्दै गरेको संवाद धरहरालाई पनि सुन्न मन लाग्यो। होइन, हामीले जे अपेक्षा गरेका थियौं त्यो नै गलत रहेछ। हामीले जनताबाट निर्वाचित प्रतिनिधि त पक्कै पनि जनताका पक्षमा होलान् भनेको कहाँ हुनु उनीहरुले देखाएको रवाफले हैरान भएका ती युवाले भनेको एउटा संवादचाहिँ धरहरालाई पनि घत परेको छ।

हिजो आफ्ना हुँदा त केही गरिदिएनन् आज आफ्ना होइनन् अर्काका मान्छे के को जनताका काम गरून्। उनको काम नभएको चाहिँ के भन्ने धरहराले भेउ पाउन सकेन। तर हुनुपर्ने काम नभएको भन्दै उनीहरुले गनगन गरेको भने देखियो है पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्