इन्टरद्वारा बायर्न पराजित



 

सिंगापुर, (एजेन्सी)
प्रि–सिजनअन्तर्गत भएको मैत्रीपूर्ण फुटबल खेलमा इन्टर मिलानले बायर्न म्युनिखलाई पराजित गरेको छ।इटालियन क्लब इन्टर मिलानले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई २–० गोल अन्तरले पराजित गरेको हो। इन्टरलाई जित दिलाउँदा दुवै गोल एडरको नाममा रह्यो। दुवै गोल पहिलो हाफमा भएको थियो।

एडरले खेलको आठौं मिनेटमा पहिलो गोल गरेका थिए। जोनाथन बिबिनीबाट उपलब्ध बलमा एडरले हेडमार्फत पहिलो गोल गरेका थिए। खेलको ३०औं मिनेटमा पनि हेडमार्फत नै गोल गर्दै एडरले इन्टरको अग्रता दोब्बर पारे। खेलको बाँकी समयमा थप कुनै गोल नभएपछि खेलको नतिजा इन्टरको पक्षमा गयो। म्युनिखले यसअघिको खेलमा चेल्सीलाई ३–२ ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्