नेयमारको जुनियरसँग झगडा



 

न्युयोर्क, (एजेन्सी)
नयाँ सिजनमा क्याम्प नउबाट बाहिर चलान हुने धुनमा रहेका ब्राजिलियन फरवार्ड नेयमारले आफ्नै टिमका जुनियर साथीसँग झगडा गरेका छन्।
शुक्रबार मायामी मैदानमा अभ्यास भइरहेका बेला नेयमारले बार्सिलोनामा नयाँ आएका खेलाडी नेल्सन सेमेडोसँग झगडा गरेका हुन्। डेली मेलमा देखाइएको भिडियो फुटेजअनुसार झगडा छुटइउन जेभिइर मास्केरानोले छिट्टै पहल गरेको थिए। नेयमार रिसाउँदै सेमेडोमाथि चिच्याएका थिए। बेन्फिकाका खेलाडी बार्सिलोनामा २ करोड ६८ लाख पाउन्डमा आएका हुन्।
नेयमारले झगडा गर्न नपाएपछि निरास हुँदै बललाई हिर्काएका थिए। उनले आफ्नो अभ्यासमा लगाएको हरियो लुगा फुकालेर अभ्यास मैदान छाडेका थिए। यो घटनाले २५ वर्षीय स्टार पेरिस सेन्ट जर्मेनमा जान चाहेको प्रस्ट भएको अमेरिकको न्युयोर्क टाइम्सले उल्लेखसमेत गरेको थियो। लिग वान पेरिस सेन्ट जर्मेनले नेयमारलाई २२ करोड २० लाख युरोमा किन्ने तयारीमा लागेको छ।
तर बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले न्युयोर्क टाइम्सलाई बताए– ‘नेयमार हाम्रा एक उत्कृष्ट खेलाडी हुन्। हामी उनलाई गुमाउन चाहन्नौं। उनले हामीसँग चार वर्षका लागि सम्झौतामा गरिसकेका छन्।’

अर्कोतिर चिनियाँ ट्राभल एजेन्सी सी–ट्रिपले शुक्रबार नै निकालेको वक्तव्यमा नेयमारले एसिया ट्रिप रद्द गरेको खुलासा गरेको छ। सी–ट्रिपले जनाएअनुसार ट्रान्सफरको बहानामै दक्षिण अमेरिकी सुपरस्टारले एसिया ट्रिप रद्द गरेको अनुमान लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्